Ultimate magazine theme for WordPress.

घुस्याहा प्रवृतिले नै बन्द भएन क्रसर उद्योग

205

उमेश दुबे
बारा, १ कार्तिक ÷ जिल्लाको बिभिन्न ठाउ“हरुमा अवैध तरिकाले क्रसर उद्योग संचालन रहेपनि स्थानीय प्रहरी प्रशासन लगायत सम्बन्धीत निकाय मुखदर्शक बनेका छन । दशैको मौकामा आफ्नो कमाई खाने माध्यम बनाएका स्थानीय जनप्रतिनिधि लगायत प्रहरी प्रशासन अवैध तरिकाले क्रसर उद्योग संचालन भएपनि मुखदर्शक बन्न पुगेका हुन ।
बाराको निजगढमा मात्रै आधा दर्जन भन्दा बढी क्रसर उद्योग संचालनमा रहेको छ भने जिल्लाको बिभिन्न ठाउ“ गरी करिब २० वटा भन्दा बढी अवैध क्रसर उद्योगहरु संचालनमा रहेको छ । स्थानीय जनप्रतिनिधि टेन्डर पकृया झै क्रसर उद्योग संचालन गर्न दिएका छन भने सम्बन्धीत निकायले मासिक लाखौ रुपैयाको नजराना बुझे वापत संचालन गर्न दिएको बताइन्छ । क्रसर उद्योग संचालनको बिषयमा पटक पटक स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपनि केही वास्ता नै नगरेको स्थानीयले आरोप लगाएका छन ।
नेपाल सरकारले २०७१ सालमा क्रसर उद्योगको मापदण्ड परिवर्तन गरेपछि स्थापना भएका सबै क्रसर उद्योग कानुन विपरीत ठहरिएको थियो । तर कानुन विपरीत रहेका क्रसर उद्योगहरु सरकारको आदेशलाई धज्जि उडाउदै केही मोटो रकमको नजराना सम्बन्धीत निकायमा बुझाए पश्चात सुचारु गरेको बुझिन्छ । नेपाल सरकारको नियम कानुन बमोजिम क्रसर उद्योग संचालन गर्न नपाउने भएकोले क्रसर उद्योग संचालकहरुले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति, निजगढ नगरपालिकाका प्रमुख, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख लगायतलाई मासिक मोटो रकमको नजराना बुझाए पश्चात क्रसर उद्योग संचालन गरेका हुन ।
क्रसर उद्योग र क्रसर उद्योगको नाममा भइरहेको कालोवजारीको बिषयमा पटक पटक समाचारहरु प्रकाशमा आएपनि सम्बन्धीत निकायको मौनता माथि नै प्रश्ण चिन्ह खडा गरेको छ । आफुलाई इमान्दारीताको ढोल पिटने प्रमुखहरुको घुस्याहा प्रवृतिकै कारण क्रसर उद्योग संचालनमा कुनै किसिमको रोक नलागेको स्थानीयले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । यस बिषयमा केही महिना अगाडी निजगढका स्थानीयहरुले बिरोध समेत गरेका थिए तर प्रहरी प्रशासनको घुस्याहा प्रवृतिले नै हालसम्म क्रसर उद्योग संचालनमा रोक नलगाइएको स्थानीयले दुखेसो पोखेका छन ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीलाई बुझदा आफु हालै आएको कारण यस बिषयमा केही बुझन नपाएको बताउदै पन्छिन खोज्नु भयो । तर पहिलादेखी नै यथावत रहेका जिल्ला प्रमुख, नगर प्रमुख, सभापति लगायतले आफु माथि दोष नलिई एक अर्का माथि मात्र दोषारोपन लगाएका छन ।

Leave A Reply

Your email address will not be published.