Ultimate magazine theme for WordPress.

अबैध क्रसर उधोग संचालनमा, स्थानीय निकायदेखि बारा प्रहरीको सहयोग

139

बारा, १८ जेष्ठ / जिल्लामा बढदै गइरहेको अबैध क्रसर उधोग संचालनमा स्थानीय निकायदेखि बारा प्रहरीले नै संरक्षण गर्ने गरेको रहस्य उजागर भएको छ । बारा जिल्लाको बिभिन्न ठाउहरूमा बढ्दै गइरहेको अबैध क्रसर उधोग संचालनबाट मासिक लाखौ रूपैया स्थानीय निकायदेखि प्रहरीले बुझने गरेको कारण संरक्षण हुदै आएको बारे रहस्य उजागर भएको हो ।

शान्ति सुरक्षा लगायत अबैध गतिविधिको बिषयमा अनुसन्धान गर्ने निकाय भनिएको नेपाल प्रहरीले नै आर्थिक प्रलोभनमा परि ढाकछोप गर्न थालेपछि निर्वाध रूपले क्रसर उधोग संचालनमा आएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले अबैध तरिकाले संचालनमा आएको क्रसर उधोगको बिषयमा कुनै किसिमको छानबिन अथवा कुनै किसिमको चासो नै नदेखाउदा बारा जिल्लामा निर्वाध रूपले क्रसर उधोग संचालनमा आउन थालेको हो ।

बाराको निजगढमा स्थानीय निकाय, जिल्ला समन्वय समिति र प्रहरी प्रशासनकै सहयोगमा दर्जनौ अबैध क्रसर उधोग संचालनमा आएको छ । आर्थिक प्रलोभनमा परि अनुसन्धान गर्ने निकाय मौन धारण गर्दा क्रसर उधोग संचालकहरूलाइ छुट पाए झै कसैको डर त्रास नै नभइ निर्वाध रूपले क्रसर उधोग संचालन गरेको पाइन्छ । बारा जिल्लामा मात्रै करिब ५० वटा भन्दा बढि क्रसर उधोग संचालन रहेको पाइन्छ । क्रसर उधोग संचालन गर्न सरकारले रोक लगाएपनि स्थानीय सरकारले प्रहरी प्रशासनको सहयोग पाए पश्चात निर्वाध रूपले बालुवा गिट्टि उत्खन्न गराउनुको साथै क्रसर समेत संचालन गरेको देखिन्छ । टेन्डर प्रकृया झै बाराका प्रमुख रूपमा आएका प्रहरी प्रशासनका प्रमुखहरूले आर्थिक प्रलोभनमा लिप्त भए पश्चात तस्कर लगायत अबैध क्रसर उधोगका संचालकहरू सलबलाएको देखिन्छ ।

यस बिषयमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल सङ्ग बुझन खोज्दा उहाले सम्पर्कमा आउन चाहेन्न । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.