वीरगंज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखरेलरदारा ब्रम्हलुट एक अर्बको नोक्सान

वीरगंज, चैत्र १६ : वीरगंज भंसार कार्यालयमा सरकारको राजस्व कसरी मार्ने कर्मचारी र व्यापारी कसरी मोटाउने अभियान अन्तर्गत सबै काम कारवाही बढेको छ । अचेल कसरी हुन्छ मिलीजुली बा“डीचुडी खाने योजनामा त्यहा“ कार्यरत सशस्त्र राजस्व गस्तीका प्रहरी र कर्मचारीहरु मिलेपछि फागुन महिनाभित्र वीरगंज भंसार कार्यालयलाई लगभग एक अर्ब घाटा भएको पोल खुलेको छ ।

वीरगंज भंसारमा कार्यरत सशस्त्र राजस्व टोलीका प्रमुख डि.एस.पी. शुसील सुवेदीले खुलेआम तस्करहरुलाई वीरगंज भंसार कार्यालयको मूल नाकाबाट नै एउटा प्रज्ञापन पत्रबाट चार–चार पटक सामान भित्र्याउन निम्तो दिएपछि यो अवस्था सृजना भएको बताइन्छ ।

वीरगंज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखरेल यस कार्यमा सोझै संलग्न नदेखिएपनि उनी आप्mना मातहतका कर्मचारी र जा“चकीहरुलाई आफ्नो काबुमा राख्न सकेका छैनन् । स

रकारले अत्याधुनिक हात हतियार दिएर वीरगंज भंसार कार्यालय जस्तो मुलुकको प्रमुख प्रवेश नाकामा राजस्व चुहावट रोक्न अभिभारा दिएको सशस्त्रका डि.एस.पी.शुसील सुवेदी तस्करको मतियार बनेर दाम कमाउन थालेपछि फागुन महिना भित्र ९ अर्ब ७ करोड २६ लाख ८८ हजार रुपैया वीरगंज भंसार कार्यालयको असुली लक्ष्य लिएको भएतापनि जम्मा ८ अर्ब ९ करोड ८५ लाख ९४ हजार रुपैया मात्र उठाउन सफल भएको छ ।

राजस्वमारा व्यापारीहरुसंग सोझै सम्पर्क स्थापित गरेर अहिले वीरगंज भंसारमा एक भाग सरकार एक भाग कर्मचारी र एक भाग व्यापारीवाला सिस्टम लागू गरिएको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीले तस्करहरुसंग मिलेमतो गरेर करोडौ रुपैया कमाउन सफल भएका छन् ।

Comments (0)
Add Comment