भारतीय चारपाङ्रे सवारी साधन नभित्रिएपनी, सीमाबाट रूकेन तस्करी

उमेश दुबे
पर्सा, १२ फागुन / तराइको अधिकान्स जिल्लाहरूको सीमा नाकाहरूबाट भारतीय सवारी साधन नभित्रिदा नेपालको राजस्वमा कमि आउनुको साथै नेपाली तथा भारतीय नागरिकलाइ सास्ती खेप्नु परिरहेको छ । नेपाल र भारतको सीमा नाकाबाट भारतीय सवारी साधन नभित्रीएपनी सीना नाका हुँदै तस्करी कायमै रहेको हो ।
विश्व ब्यापी फैलिएको कोरोना भाइरस जस्तो महामारीको समयमा सीमा नाका बन्द गर्नु अवाश्यक भएपनी हालसम्म सीमा नाका बन्द गरिदा भारतीय सवारी साधन नेपाल भित्रिन नसकेको कारण बिरगंज भन्सार लगायत वरिपरिका जिल्लामा रहेको भन्सारको राजस्व उठन नसकेको बताइन्छ । कोरोना जस्तो महामारीको जोखिम समयमा सबै नेपाली नागरिकले आ-आफ्नो ठाउबाट नेपाल सरकारको निर्णय प्रती खुस देखिएपनी हालको समयमा त्यही नेपाली नागरिकहरू उदासिन समेत देखिन थालिएका छन ।
नेपालको तराइ क्षेत्रमा बढ्दै गएको समस्या प्रती नेपाल सरकार गम्भीर नदेखिएको आरोप सीमा नजिकै बस्ने नेपाली नागरिकहरूको रहेको छ । सीमामा बस्ने प्रहरीहरू मासिक नजराना बुझ्दै तस्करीको लाइन दिरहेको आरोप लगाउदै त्यसबाट कोरोना नसर्ने र भारतीय सवारी साधन नेपाल भित्रिदा कोरोना सर्ने ? भन्दै सीमामा बसेका नेपाली नागरिकहरूले बताएका छन । एक जना नागरिकका अनुसार नेपाल र भारतको सम्बन्ध रोटि बेटिको रहेपनी मात्र भनाइमै सिमित हुने गरेको जस्तो लाग्न थालेको बताउनु भयो । नेपालको तराइ क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिक र भारतीय नागरिकको भेषभुसा मिल्ने गरेको कारण बिहेबारी समेत हुने गरेको प्रचलन चल्दै आएको छ । तर नेपाल सरकारको एकलौटी निर्णयले गर्दा हालसम्म भन्सारबाट सवारी साधन नेपाल भित्रिन नसक्दा बिहेबारीमा समेत समस्या थपिएको बताए ।
सीमा नाका हुँदै रूकेन तस्करी
यता सीमामा खटिने सशस्त्र प्रहरी र शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले आफ्नो वर्दीको फाइदा उठाउदै ठुला बडा तस्करहरू सङ्ग महिनवारी बापत लाखौ रकम असुल गरि तस्करी कार्य सन्चालन गरेको पाइन्छ । सीमा नाका हुँदै गाई, गोरु, भैसी, कपडा, हार्डवेयर, तेल लगायत विभिन्न परिकार जस्तै खदान्य समाग्रीको साथ साथै कवाड, स्याउ, कस्मेटिक समाग्री लगायतको तस्करी कार्य तिब्र रूपले अगाडी बढेको पाइन्छ । सीमामा बस्ने एक जना नेपाली नागरिकका अनुसार मुलूकमा आन्दोलन गर्न, सीमाबाट तस्करी गराउन, बिना मास्क सभाको आयोजना गर्दा कोरोना नसर्ने तर भारतीय चार पाङ्ग्रे सवारी साधन नेपाल भित्रिदा कोरोना सर्ने, यो कस्तो नेपाल सरकारको निर्णय हो भन्दै दुखेसो पोखे ।
कहिले पाउने हो तराइ क्षेत्रका नागरिकले न्याय ?
नेपाल सरकारको एक्लौटी निर्णयले गर्दा सीमामा बसोबास गरिरहेका नेपाली नागरिकले जहिले नि अन्यायको सामना गर्दै आउनु परेकोमा दुइमत छैन । सुरक्षाको नाममा खटिने प्रहरीहरूदेखि जनप्रतिनिधिमा निर्वाचित समेत भएका जनप्रतिनिधिहरूका कारण न्यायको खोजिमा सीमामा बसेका नेपाली नागरिक आतुर रहेको जिल्ला प्रशासन कार्यालयमा पीडा पोख्दै आएका सर्वसाधारणको जमातले पुष्टि गर्दै आएको छ । तर आफ्नो पिडा, दुख, अन्यायको बिरोध गर्दै जिल्ला प्रशासन कार्यालय लगायत जिल्ला अदालतमा मुदा दर्ता गरेपनी, बर्शौ बर्स बित्ने गरेको तर न्याय त परै जावोस खोजबिन समेत हुदैन ।
सीमामा बस्ने सोझा सोझा नेपाली नागरिकले आफ्नो एकाधिकार प्रयोग गर्न चाहयो भने त्यहीका जनप्रतिनिधिहरूले डराउने धमकाउने जस्ता कार्य गर्दै आएका छन भने बिहेबारीमा सस्तो सुलभ भाडाको निम्ति भारतीय गाडी नेपाल ल्याउन खोज्दा प्रहरी प्रशासनले ल्याउन नदिने गरेको कारण जहिले नि सीमामा बस्ने नेपाली नागरिक अन्यायमा पर्दै आएको अभास भएको बताएका छन । आफ्नो अधिकार प्रयोग गर्न सकिने भनाइमा मात्र सिमित रहयो भन्दै सीमामा बस्ने नेपाली नागरिकहरूले दुखेसो पोखेका छन । यस बिषयमा तराइको विभिन्न जिल्लाका जनप्रतिनिधिहरूले समेत सीमा नाकाबाट चार पाङ्ग्रे सवारी साधनको निम्ति अवाज उठाएपनी नेपाल सरकारले लिएको अडानका कारण हालसम्म भारतीय सवारी साधन (चार पाङ्ग्रे) नेपाल भित्रिन नसकेको बताएका छन ।
यस बिषयमा स्थानीय राजा कहलाइएका जनप्रतिनिधि लगायत केन्द्रमा बस्ने राज नेताहरूको समेत चासोको बिषय बनेको छ । तसर्थ यस बिषयमा समबन्धित निकायको ध्यान जान अति नै अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment