प्रहरीको बोल्ने मुख अर्कै, खाने मुख अर्कै भन्ने शब्द चरितार्थ पारे सर्लाही प्रहरी

पर्सा, १३ आश्विन / प्रदेश नम्बर २ अन्तर्गत पर्ने सर्लाहीको सीमा नाकाबाट तस्करीको कार्य सुचारू भएको छ । बिगत केही महिनादेखी बन्द रहेको तस्करीको लाइन सुचारू भएको हो ।
हिन्दुहरूको महान चाड दशै, तिहार र छठ पर्वलाइ मध्य नजर गर्दै सुरक्षा ब्यवस्था कडा बनाइएको डिआइजी प्रधुमन कार्कीले बताएपनी हालको समयमा डिआइजी कार्कीको निर्देशनलाइ धज्जी उडाउदै सर्लाही प्रहरीलाई हेर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख समेत घुमुवाको माध्यमले रकममा लिप्त भएपछि सीमाबाट अबैध कारोबार शुरू भएको प्रहरी श्रोतले जनाएका छन ।
दुई देश बिचको सीमालाइ सुरक्षा दिने उदेश्यले खटिएका सशस्त्र प्रहरी बल र शान्ती सुरक्षाको ठेक्का लिएका नेपाल प्रहरी सन्युक्त रूपमा रकम उठाउन थालेपछी सीमा नाकाबाट अबैध कारोबार शुरू भएको बताइन्छ । श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईंले आफ्नो घुमुवाको माध्यमले तस्कर संगठन सङ्ग रकम बुझे पश्चात् लाइन सुचारू भएको बताए । प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलिले सीमा नाकामा तान्डव मचाएको श्रोतको दाबी रहेको छ ।
भनिन्छ आफूलाइ जति ठूलो इमान्दार ठान्ने प्रहरीले घुसको रकम उठाउन अथवा बढाउनको निम्ति ढोङ्ग गर्ने र हजार पाउने ठाउबाट लाखौ पाउँदा लाइन क्लियर गर्ने गरेको चरितार्थ सर्लाहीको प्रहरी चरितार्थ पारेका छन । सीमाबाट हुने अबैध कृयाकलापलाई ढाक छोप गर्नको निम्ति लाखौ रूपैया बितरण गर्ने गरेको श्रोतको दाबी रहेको छ । भनिन्छ प्रहरी नेपाली नागरिकको जनधनको सुरक्षाको निम्ति खटाइएको छ तर यो मात्र भनाइमा मात्र सिमित रहेको पाइएको छ । प्रहरीले हालको समयमा सर्लाहीको सीमा नाकाबाट तस्करी गराउनु र स्कटिङ्ग समेत गर्ने गरेकोले प्रहरीको वास्तविक्ता बाहिर लिएर आएको हो ।
नेपाल प्रहरी संगठनका प्रमुख सर्बेन्द्र खनाल र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी प्रधुमन कार्कीले आफ्नो संगठन र क्षेत्रका प्रहरी इमन्दार रहेको दाबी गरेपनी हालको समयमा सर्लाही नाकाबाट तस्करी सुचारू भएको हेरि प्रश्नको बिषय बनेको छ । यस बिषयमा डिआइजी कार्की र आइजिपी खनालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment