धमाका मचाएका डिआईजी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा

उमेश दुबे
पर्सा, ८ फाल्गुन ÷ प्रदेश नम्बर २ मा धमाका मचाएका डिआईजी प्रविण कुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा तोकिनु भएको छ । डिआईजी श्रेष्ठको इमान्दारीताको कदर गर्दै सशस्त्र प्रहरी बल नेपालले प्रवक्ताको जिम्मेवारी थपिएको हो ।
सशस्त्र प्रहरीका डिआईजी प्रविण कुमार श्रेष्ठ सशस्त्र प्रहरी बल संगठनमा एउटा असल र इमान्दारीताको कार्यले आफ्नो नाम र पहिचान बनाउन सफल भएको मध्ये एक मानिन्छन । सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ को प्रमुखको रुपमा जिम्मेवारी सम्भालनसाथ आफ्नो कार्यको धमाकाले चर्चामा आउन सफल भएका थिए । हालको समयमा सशस्त्र प्रहरी बल नेपालले डिआईजी प्रविण कुमार श्रेष्ठलाई प्रवक्तामा चयन गरेको छ । संगठनस“ग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहा“लाई थपिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Comments (0)
Add Comment