सशस्त्र प्रहरीको नाममा चन्दा आतंक गर्ने कुर्मी पक्राउ

उमेश दुबे
पर्सा, ८ फाल्गुन / सशस्त्र प्रहरीको नाममा चन्दा आतंक मचाउने कुर्मी खलवा टोलाबाट पक्राउ परेका छन । पर्साका सशस्त्र प्रहरीको नाममा चान्दा आतंक मचाउने सन्तोष राउत कुर्मि पक्राउ परेका हुन ।
सशस्त्र प्रहरी १३ नम्बर गणबाट खटिएको भन्दै भारतमै पुगि पैसा उठाउने बिरगंज महानगरपालिका वडा नम्बर १४ चिनिमिल पिप्रा निवासी जोखन राउत कुर्मिको ३४ बर्सिय छोरा सन्तोष राउत कुर्मि पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको नाममा ब्यपारीहरूलाइ कुट्पिट समेत गरि मोबाइल खोस्ने लगायतको काम हुन थालेपछी गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक जिवनमल्ल ठकुरीको कमाण्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । सन्तोष कुर्मी मंगलबार बिहान करीब ९ बजेर ३० मिनेटमा पक्राउ परेको बोर्डर आउट पोस्ट श्रीसियाका सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले जनाउनु भयो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कुर्मी बिगतको दिनमा पनि जेल सजाय काटेर आइसकेको श्रोतको दाबी रहेको छ ।
यस बिषयमा पर्साका सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले सशस्त्र प्रहरीको युनिफर्ममा फोटो बनाइ दुरुपयोग गर्दै आएकोले निज कुर्मिलाइ अवाश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी गरिएको बताउनु भयो ।

Comments (0)
Add Comment