सप्तरीको छिन्नमस्ता मन्दिरको मुकुट चोरी

पर्सा, १७ श्रावण / सप्तरीको छिन्नमस्ता मन्दिरको मुकुट चोरी भएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार एतिहासिक मन्दिरको रूपमा मानिने छिन्नमस्ता मन्दिरको मुकुट चोरी भएको हो ।
मुकुट चोरी हुनासाथ जिल्लाको सीमा शिल गरि चोर समुहलाइ पक्राउ गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । नेपाल र भारतको सीमाको साथै जिल्लाको सीमा समेत शिल गरि मुकुट चोर गिरोहलाइ पक्राउ गर्नको निम्ति व्यापक रूपमा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
यता आज साझमा भएको मुकुट चोरीके गर्दा स्थानीय उदासिन बनेका छन । मन्दिर जस्तो ठाउमा समेत यस्तो क्रियाकलापले चोरी हुनु दुर्भाग्यको बिषय रहेको स्थानीयले बताएका छन । स्थानीयले दिएको जानकारी अनुसार मन्दिर संरक्षणको निम्ति खटिने कर्मचारीकै सन्लग्नतामा चोरी हुन सक्ने अनुमान समेत लगाएका छन । यस बिषयमा सीमा शिल गरि चोर समुहको खोजी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Comments (0)
Add Comment