संविधान परिमार्जन सभाले मात्र निकाश निस्कने – अध्यक्ष राणा

बीरगंज, पुस ११ : देशभक्त लोकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहन समशेर राणाले मुलुकको वर्तमान समस्यालाई निकाश दिन संविधान परिमार्जन सभा बनाउनु पर्ने बताउनु भएको छ । राणाले संविधान परिमार्जन सभाले मात्र निकाश निस्कने बताउनु भयो ।

मधेशी पत्रकार समाज पर्सा द्धारा आज बीरगन्जमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राजनितिक निकाश, राष्ट्र निर्माण, र राष्ट्रिय एकता बिनाको संविधान संशोधन र चुनावले मात्र द्धवन्दको व्यवस्थापन नहुने बताउनु भयो ।

माघ ७४ चुनाव हुन नसके संवैधानिक संकट आउने स्थितबाट मुलुकलाई जोगाउन संविधान परिमार्जन सभा बनाउनु पर्ने आवश्शयक्ता रहेको बताउदै उहांले मुलुकको अनिश्चित राजनितिलाई देशभक्त लोकतान्त्रिक शक्तिले मात्र हल गर्न सकने दाबी गर्नु भयो ।

पत्रकार सम्मेलनमा भोेला मुखियाले प्रतावित संविधान संशोधनले मात्र मुलुको राजनैतिक समस्या समाधान हुन नसकने बताउनु भयो । श्रवण साहको अध्यक्षतामा भएको कार्यक्रममा किरण केसि,विपद्धी चौधरी,जलेश्वर सर्राफ लगायतको नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Comments (0)
Add Comment