मधेसको समस्या प्रति भारत गम्भीर ,भारतीय गृहमन्त्री सिह

दिली,चैत्र ११ : भारतीय गृहमंत्री राजनाथ सिंह र राज्य मन्त्री किरण रिज्जूसगं दिल्लमा दुबैदेशका सिमाना क्षेत्रका नेताहरु स्थानिय समस्याहरुका बारेमा ध्याना कर्षण गराएका छन् ।नेपालको मधेसमा रहेको राजनैतिक समस्या तथा त्यसबाट सिमाक्षेत्रमा भइरहेको प्रभावको बारेमा सिमामा नेता तथा बृद्धिजिवि र प्रत्रकारहरुको टोलीले भारत सरकारको ध्यानाकर्षण गराएको हो ।

दुबैदेशको साझा शिष्टमंडलको नेतृत्व ं भारतको तर्फबार मुजफ्फ्रपुरका सांसद अजय निषाद र नेपालको तर्फबाट मीडिया फार बार्डर हार्मोनी को संरक्षक एवम संधीय समाजवादी फोरम नेपाल पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले गरेका थिए ।

भेटमा मंत्री भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत नेपाल को बीच रहेको बेटी रोटी को सम्बन्धलाइ कुनैपनि शक्तिले हलाउन नस्कने बताउदै मधेसीहरुको समस्या प्रति आफुहरु गम्भीर रहेको बताउनु भएको थियो ।

साथै टोलीले सिमामा देबै देशका सुरक्षा कर्मिबाट प्रत्येक दिन सयौ निर्दोश नागरिकहरु प्रताडित हुने गरेको गुनासो समेत व्यक्त गर्दै एस एस बिको व्यबहारलाइ हौहार्द बनाउन आग्रह समेत गरेको थियो ।टोलीमा रहेका नेता प्रदिप यादवले सिमाका जनताको आर्थिक बिकासको भारत सरकारबाट बिशेष योजनाहरु ल्याउन आग्रह आफुहरुले गर्दा त्यसप्रति र्गहमन्त्री सिहको सकारात्मक भएको बताउनु भयो ।

साथै केहि महिना अगाडि राजधानी काठमांडूमा मिडिया फार बोर्डर हारमोनीले आयोजना गरेको नेपाल भारत समिटद्धाार ं पारित बुंदा तथा मांग पत्रको बारेमा समेत गृहमंत्रीलाइ अवगत गराइएको भारतीय सचांकर्मि एवम मिडिया फर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारीले बताए ।

साथै सिमामा रहेका समस्या लगायत अधिकास मुदाहरुलाइ अबिलम्ब कार्यान्वयन गराउने प्रतिक्रिया मन्त्री सिहबाट व्यक्त भएको अध्यक्ष तिवारीले बताए । विभिन्न राज्यहरुमा भएको चुनावमा अप्रत्यासित रुपमा भाजपा बिजयाी भएकोमा सांसद अजय निषाद र संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले मंत्री राजनाथ सिंह र किरणजीलाइ बधाई समेत व्यक्त गरेका थिए ।

भेटघाटमा राज्य मन्त्री रिज्जुले नेपाल भारतको सिमामा कुनै प्रकारको तारवार गर्ने भारतको योजना नभाएको बताउदै नेपाल भारतको सिमाना सदियोदेखि खुला रहेको बताएका थिए । उनले सिमामा तारवारको कुरा भारत विरोधी तत्वहरुले भैलाउने गरेको धारणा समेत व्यक्त गरेका नेता प्रदिप यादवले बताए ।

Comments (0)
Add Comment