बाराका प्रमुख जिल्ला अधिकारी पडितको दादागिरी, स्थानिय र प्रहरी बिच झडप

उमेश दुबे
बारा, ३० चैत ÷ जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडितको दादागिरीले स्थानिय र प्रहरी बिच केही बेर झडप भएको छ । आफ्नो दवंगै पाराले दर्ता रहेको गोदामबाट मालसमान जबरजस्ती नियन्त्रणमा लिन खोज्दा केही बेर तनाव उत्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडित आएदिनदेखी नै प्रहरीको बलमा कृष्कहरुलाई दुःख दिदै आएको बारावासीहरु बताउछन् । बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर २ कान्तिपुर स्थित रहेको निर्मल किराना पसलको गोदामबाट जबरजस्ती मालसमान पक्राउ गरी लगिएको स्थानियले आरोप लगाएका छन् । विश्वमा फैलिएको कोरोना भाइरसले गर्दा खरिद गरिएको मालसमान बिक्रि हुन नसकेको कृष्क निरज सहनीले बताए । गोदाममा राखिएको मालसमान जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीका प्रमुख प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जबरजस्ती नियन्त्रणमा लिई लगेको सहनीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ संग कुरा गर्दा उहाले माथिबाट आदेश आए अनुसार कार्य गरिरहेको बताउनु भयो । उहाले आफु प्रहरीको प्रवक्ता नभएको हुनाले केही भन्न नमिल्ने बताउदै फोन काट्नु भयो । प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको टोलीले मालसमान झिक्ने बेला खरिद बिक्रको बिल नबुझेको कारण केही बेर स्थानिय र प्रहरी बिच तनाव समेत भएको स्थानियले जनाएका छन् ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी संग बुझदा बिल बिजक भएको मालसमान पक्राउ गर्न नमिल्ने भएपनि प्रमुख जिल्ला अधिकारीको आदेश पालना गरेको बताउनु भयो । उहाले प्रमुख जिल्ला अधिकारी पडितको आदेशले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली पठाई ल्याइएको बताउनु भयो ।
यता जिल्ला प्रशासन कार्यालय बारामा अडडा जमाएर बसेका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडितले त्यस बिषयमा आफुलाई केही जानकारी नभएको बताउनु भयो । उहाले नेपाल प्रहरीले जबरजस्ती गरेको हुन सक्ने बताउदै पन्छिन खोज्नु भयो । निर्मल किराना पसलका संचालक निरज सहनीका अनुसार आफुले प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर ९८५५००७७७७ नम्बरमा फोन गरी यस बिषयमा जानकारी गराउदा आफु माथि गएर मुद्धा गर भन्दै फोन काटिएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी पडित आए दिनदेखी नै बिभिन्न किसिमको बिवाद भइरहेको बिषय सर्वविधितै छ । कतै तिर आलुको बिषयलाई लिएर त कतै आरोप प्रत्यारोप लगाएर मालसमान पक्राउ गरिनु आफ्नो पदको दुरुपयोग गरेको बारे प्रमाणित गर्दछ । तसर्थः पार्टीगत झोला बोकी जिल्ला प्रशासन कार्यालय बारामा आएका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडितलाई समयमै लगाम लगाउन जरुरी देखिन्छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment