फोरम नेपालमा दर्जनौ ठुला उधोगी व्यपारीहरुको धमाकादार पार्टी प्रवेश

बिरगंज, चैत्र ५ : मधेश आन्दोन पश्चात मुलुकमा संघंीय समाजवादी फोरम नेपाल पार्टी प्रतिको अर्कषण बढदै गएको बेला पर्सामा पनि दर्जनौ ठुला उधोगी व्यापरीहरुको प्रवेश हुने भएको छ ।

आगामी चैत्र ६ गते पर्साका पोखरीयामा हुन गइरहेको बृहद पार्टी प्रवेश कार्यक्रमको दिन वीरगन्जका दर्जनौ उधोगी व्यपारीहरु मधेस आन्दोलनलाइ सर्मथन गर्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने आज औपचारीक कार्यक्रममा घोषणा गरेको पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भयो ।

उहाले जगदम्बा इन्टरप्राइजेजका निर्र्देशक एवम लायन्स क्लब अफ इन्टरनेशनलका सस्थापक प्रबन्ध निर्देशक रमेश अग्रवाल,मा दुर्गा फुड्स प्रालिका संचालक युवा व्यवसायी अंकित अग्रवाल,राजेश हार्डवेयरका संचालक कर्ण अग्रवाल,जगदम्बा ट्रेडिगंका संचालक एवम युवा उधोगी प्रतिक अग्रवाल र कलश सिमेन्ट उधोगका संचालक एमव युवा उधोगी अंसुमन अग्रवाल लगायत दर्जनौ उधोगी व्यवसायीहरु फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेको अध्यक्ष यादवको भनाइ रहेको थियो ।

तराइका मधेसी र पहाडका जनजाती लगायत सबै शोषित वर्गलाइ संघीय समाजवादी फोरम नेपालले गोलबन्द गरेर नया शक्तिको रुपमा स्थापित भइरहेकोले आफु यो पार्टीमा प्रवेश गरेको उधोगी रमेश अग्रवालले बताउनु भयो ।

मधेस लगायत सम्पुर्ण पिछडा वर्गको मागंलाइ पुरा गर्दै मुलुकलाइ आगामि दिनमा सहि नेतृत्व प्रदान गर्ने पार्टी नै संघीय समाजवादी फोरम रहेकोले आफुहरु यो पार्टीमा प्रवेश गर्न लागेको युवा व्यवसायी अंकित अग्रवालको भनाइ रहेको थियो ।

Comments (0)
Add Comment