प्रहरी निगरानीमा रहेको छोकडाको पिकअपबाट १० बोरा गायब

उमेश दुबे
पर्सा, ५ चैत / जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलि र क्युआरटी टोलिले नियन्त्रणमा लिएको छोकडाको पिकअपबाट ५० किलोग्रामको १० बोरा गायब भएको छ । बिरगंजको घन्टाघर नजिकै रहेको किराना स्टोरबाट खरिद गरिएको छोकडा मध्ये प्रहरी निगरानीमै रहेको पिक अप भ्यानबाट १० बोरामा रहेको ५ सय केजि छोकडा गायब भएको हो ।

प्रहरीले अनुसन्धानको लागी अबैध तथा बैध तरिकाको मालसामान नियन्त्रणमा लिन सक्ने प्रवधान रहेपनी आफ्नो पावरको दुरुपयोग गर्दै नियन्त्रणमा लिनुको साथै चोरी घटनामा समेत सन्लग्न रहेको बारे प्रष्ट भएको छ । ५०-५० किलोग्रामको ७० बोरा छोकडा बोकेको पिक अप भ्यान सोमबार करीब ४ बजेको समयमा बिरगंज स्थित प्रतिमा चौकबाट क्राइम टोलि र क्युआरटी टोलिले नियन्त्रणमा लिएको थियो । पक्राउ गरि अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइपनी ७० बोरा मध्ये मात्र ६० बोरा बुझाइएको राजस्व अनुसन्धान कार्यालय पथलैया श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेखित ५० किलोग्राम रहेको ७० बोरा छोकडा नियन्त्रणमा लिएको र अवाश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जनाइएपनी प्रहरीकै सहभागीतामा १० बोरा छोकडाको बोरा गायब भएको प्रमानित भएको छ । राजस्व अनुसन्धान श्रोतले जनाए अनुसार अनुसन्धानको क्रममा रहेकोले आफ्नो नाम नछाप्ने सर्तमा प्रहरीले बुझाएको छोकडाको पिक अपबाट १० बोरा गायब भएको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गङ्गा पन्तले पद सम्भाल्नसाथ जिल्लाबाट हुने अबैध क्रियाकलाप नरूकिएको शन्काको कटघरामा रहेपनी हाल समयमा आएर प्रष्ट भएको छ । चोर गिरोहको लाइसेन्स बोकेको पर्सा प्रहरीले आफ्नो वर्दी बेचेरै खाएको बिषयमा बजारमा चर्चा हुन थालिएको छ । हालपनि माथिल्लो निकायको यस्तो तरिकाको काम कारवाहीको बिषयमा चासो नहेराउदा माथिल्लो निकायसम्मको सहभागीता रहेको बारे दुइमत नरहेको बारे प्रष्ट हुन्छ ।

Comments (0)
Add Comment