धारिलो हतियार प्रयोग गरि एक महिलाको हत्या

बारा, २६ माघ / बाराको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि एक जना महिलाको हत्या गरिएको छ । बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुश्वाहाको ४५ बर्सिय श्रीमती कान्तीदेवि कुश्वाहालाई राती करीब १० बजेको समयमा हत्या भएको बारा प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भइरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाइ समेत परिचालन गर्ने तयारी गरेको बताउनु भयो ।

Comments (0)
Add Comment