ओलीले गरे पूर्वाञ्चल ल्यूब कारखानाको भ्रमण

इटहरी, माघ ७ : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाञ्चल ल्यूब आयल प्रालिको कारखाना भ्रमण गरेका छन्। पूर्वाञ्चल ल्यूव १५ बर्ष पुगेको अवसरमा बुधबार उनलाई अतिथिको रुपमा अवलोकन गराएको कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालमा उत्पादन हुने लुब्रिकेन्टमध्ये पूर्वाञ्चलको नेपाली बजार हिस्सा करिब ८ प्रतिशत रहेको कम्पनीका निर्देशक कृष्णप्रसाद दुलालले दावी गरे। मोरङको बिराटचोकमा रहेको कम्पनीको प्रशोधन तथा प्याकेजिङ प्लान्टले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ।

कम्पनीमा प्रत्यक्ष रुपमा २ सयभन्दा कामदार छन्। देशभरमा ७ सयभन्दा बढी वितरक छन्। चालु आर्थिक बर्षमा ५० करोड रुपियाँभन्दा बढीको कारोबार लक्ष्यसहित अघि बढेको निर्देशक दुलालले बताए।
पूर्वप्रधानमन्त्री ओलीका साथमा पूर्व संचारमन्त्री शेरधन राई र पूर्व कानूनमन्त्री अग्नि खरेल पनि सहभागी थिए।

Comments (0)
Add Comment