Ultimate magazine theme for WordPress.

भासण होइन अहिलेको सरकार काम गरेर देखाउछ : गगन थापा

632

पर्सा, १५ श्रावण / पूर्व प्रधानमन्त्री केपि शर्मा ओलि माथी आरोप प्रत्यारोप लगाउनु भन्दा पनि अहिलेको देउवा सरकारले काम गरेर देखाउने बाताबरण बनाइरहेको सान्सद गगन थापाले बताउनु भएको छ । उहाले कामका साथ साथै हामी सबै मिलेर देउवा सरकारलाइ सफल पार्न लागि परेको दाबी गरेका हुन ।
सान्सद गगन थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारलाइ हामी प्रत्येकलाइ आ-आफ्नो ठाउबाट पार्न लाग्नु पर्ने बताउनु भएको छ । यस जनगुनासो डेलि डट कम अनलाइन सङ्ग कुरा गर्दै सान्सद गगन थापाले सबैले आ-आफ्नो ठाउहरूबाट सहयोग गर्न र सहयोगबाट प्राप्त भएको ताकत हौसलाको माध्यमले सफल बनाउन सक्ने बताउनु भयो । उहाले १७-१८ महिना भित्र अभावमा रहेका नेपाली नागरिकलाइ सरकार कस्तो खाले हुनु पर्दछ भन्ने कुरा महसूस समेत गराउने प्रतिवधता जाहेर गर्नु भयो ।
गएको करीब साढे ३ बर्षमा संविधानलाई यस्तो तरिकाले कुल्चिएको छ, त्यसलाइ थिचोमिचो गरिएको छ तर यसपालीको देउवा सरकारले त्यसतो केही नगर्ने र संविधानको धाराहरू मिचेर कदापी नजाने बताउदै आउने दिनमा संविधानकै अनुसार कार्य गरे नेपाली नागरिक अवश्य यसपालीको सरकार सफल भएको महसूस गर्ने बताउनु भयो । उहाले प्रत्येक नेपाली नागरिकले यसपालिको सरकारलाइ सफल बनाउने बिश्वास ब्यक्त गर्दै आउने दिनमा राणाशाही काल झै राज गर्दै आएकाहरूलाइ नेपाली नागरिक अवश्य पछार्ने समेत ठोकुवा गरे ।

Leave A Reply

Your email address will not be published.