Ultimate magazine theme for WordPress.

सीमा नाकाबाट रूकेन तस्करी, सशस्त्र प्रहरीको रकम उठाउन प्रहरी जवान परिचालित, सीमा नाकाका प्रहरी अधिकारी भए मालामाल

309

पर्सा, १५ बैशाख / मुलुकमा बढदै गएको कोरोना भाइरस प्रकोपलाइ बेवास्ता गर्दै हालको समयमा सीमा नाकाबाट तस्करी बढेको पाइएको छ । प्रदेश नम्बर २ बाहिनी प्रमुख चन्द्रप्रकाश गौतमको आग्मन हुनसाथ सीमा नाकाहरूमा निगरानी बढाइएपनी हालको समयमा सेटिङ्ग मिलि सके पश्चात् तस्करीको कार्य सुचारू भएको पाइएको हो ।
सीमावर्ती क्षेत्रहरूमा तस्कर गिरोह सलबलाउन थालेपछी सशस्त्र प्रहरी तर्फबाट डिएसपीको कमान्डमा खटिएको टोलिले विभिन्न बिओपीहरूमा पुगि आर्थिकको बिषयमा कुरा समेत गरेको चर्चाको बिषय बनेको छ । पर्सा जिल्लामा १६ गतेदेखी निशेधाज्ञा जारी गरेको मौका छोपी स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरीले मौकामा चौका हान्न खोजेको प्रमाण समेत फेला परेको हो ।
पर्सा जिल्लाको भिस्वा नाका हुँदै तस्करी बढेको बिषयमा विभिन्न सन्चार माध्यममा आउनथालेपछी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतको कमान्डमा खटिएको टोलि भिस्वा नाका पुगेको थियो । तर आफ्नो वर्दी र फुलीको पावर लगाउदै गएको भोलि पल्ट नै ५० हजार नजराना बुझी बिहानको ६ बजेको समयमा चाइनिज स्याउ भारतसम्म पुर्याउन सहयोग गरेको बिषयमा स्थानीयले आरोप समेत लगाएका छन । उहाहरूका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत नाकामा पुगेपनी तस्कर सङ्गको सहकार्य पछि चाइनिज स्याउ भारतसम्म पुर्याउन सफल भइएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिने स्कवाड टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षकको नाममा समेत रकम उठेको बिषयमा एक आडियो रेकर्डबाट प्रमानित हुन्छ । सशस्त्र प्रहरी जवान अकलेश साहले तस्कर संगठनहरू सङ्ग स्कवाड टोलि र माथिल्लो निकायको हाकिमको नामले मासिक १२ लाख भिस्वा नाकाबाट उठाएको प्रमाण समेत फेला परेको हो । मासिक नजराना उठाइ सके पश्चात् सशस्त्र प्रहरी जवानले गणको टोलिहरूको बिषयमा तस्करहरू र स्थानीय बिओपीहरूलाइ खबर गर्ने गरेको समेत उजागर भएको छ । स्क्वाड टोलिका प्रमुख डिएसपी निर्मल थापा र माथिल्लो निकायसम्मको रकम सशस्त्र प्रहरी जवान अकलेश साहले उठाउने गरेको स्थानीय बिओपी भित्र रहेका सशस्त्र प्रहरी श्रोतले जनाएका छन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले यस्तो महामारीको समयमा शान्ती सुरक्षाको साथ साथै सीमामा निगरानी बढाउन आफ्नो मातहातका चौकीहरूलाइ निर्देशन दिनु भएको छ । प्रहरी उपरीक्षक पान्डेको निर्देशनलाइ धज्जी उडाउदै प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साहले आफ्नो मनमौजी पाराले सीमाबाट अबैध धन्दा सुचारू गराएका छन । आफ्नै हाकिमको आदेशलाइ लत्याउदै साहले भिस्वा नाकाबाट मासिक ४ लाख आर्जन गर्न सफल भएको बताइन्छ ।
केही बिचौलियाहरूले तस्कर र प्रहरी नायब निरीक्षक प्रमोद साहको सेटिङ्ग मिलाउने गरेको र कुनैपनि सन्चार माध्यममा समाचार उजागर भएपनी केही नहुने आश्वासन दिएपछी लाइन सुचारू भएको बताइन्छ । स्थानिय प्रहरी चौकी र बोर्डर आउट पोस्ट भिस्वा बन्जारीका प्रमुख सन्जिव बानियाको सहयोगमा भिस्वाबाट २३ जना ठुला वडा तस्करहरू सकृय रहेका छन । यस बिषयमा माथिल्लो निकायको समयमै ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.