Ultimate magazine theme for WordPress.

प्रहरी उपरीक्षक पङ्गेनीको भव्य तरिकाले बिदाइ

195

बारा / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीको जिल्लामा एक कार्यक्रमका बिच भव्य तरिकाले बिदाइ कार्यक्रम समपन्न भएको छ । प्रदेश नम्बर २ को आठ वट्टै जिल्लामा उतकृस्ट प्रहरी उपरीक्षकको रूपमा हुनु भएका प्रहरी उपरीक्षक पङ्गेनीलाई बाराको कलैया स्थित रहेको धर्मशालामा बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।
युवा साझेदारी केन्द्र बारा शाखाले आयोजना गरेको बिदाइ कार्यक्रममा प्रमुख अतिथि उमेशलाल दासले १४ बर्षको अन्तरालमा अपराधी पक्राउ गर्न नसकेको कार्य प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले गरेको बताउनु भयो । प्रहरी उपरीक्षक पङ्गेनीले रकममा उन्मुख नभइ देशब्यापी फैलिएको कोरोना भाइरस जस्तो महामारीको समयमा पनि शान्ती सुरक्षाको साथ साथै सीमामा निगरानी बढाएको कारण बारा जिल्लामा अपराधी क्रियाकलाप न्यून भएको ठोकुवा गर्नुभयो । प्रमुख अतिथि उमेशलाल दासले प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी जस्तो प्रहरी अधिकारी जस्तो इमन्दार र कर्मठ प्रहरी, संगठनमा कमि रहेको बताउनु भयो ।
बिदाइ कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले आफ्नो कार्यकालमा जहाँ गएपनी आफ्नो कार्य यस्तै निडरता पूर्वक गरिरहने बताउदै अपराध महाशाखामा जान लागेको बताउनु भयो । बिदाइ कार्यक्रममा पत्रकार, समाजसेवी, प्रहरी नायब उपरीक्षक गौतम मिश्र लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार जयनारायण यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.