Ultimate magazine theme for WordPress.

चट्यांग लागेर बारामा ४ जनाको मुत्यु हुनुको साथै ७ जना गम्भीर घाइते

251

उमेश दुबे
पर्सा १८ असार / आज चट्यांग लागेर बारामा ४ जनाको मुत्यु भएकको छ भने ७ जना घाइते भको छन । बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना र फेटा गाउँपालिका १ त्रिवेणीका २ जना गरी ४ जना महिलाको मुत्यु भएको हो ।
फेटा गाउँपालिकामा चट्यांग लागेर २ महिलाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन । धान राेप्न गएकी बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीकाे २ महिलाकाे मृत्यु भएकाे र कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना गरी ७ जना घाइतेकाे भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन र फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी निवासी ३० बर्षिय सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकि छन । फेटा गाउँपालिका वडा नं. १ कै घाइतेहुने हरुमा महिला बच्वा देवी,राजपती देवी,कान्ति देवी,उमा देवी, लिलावती देवी,शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उनको वीरगन्ज नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.