Ultimate magazine theme for WordPress.

पर्साको ग्रामीण नाकाहरूबाट तस्करी कायमै, प्रहरी प्रमुख मौन

345

उमेश दुबे
पर्सा, २७ माघ / पर्सा जिल्लाको नेपाल प्रहरी प्रमुख सोमेन्द्र सिंह राथोडको सरूवा हुनसाथ बन्द रहेको तस्करीको लाइन पर्साको ग्रामीण नाकाहरूबाट पुन: सुचारू भएको छ । पर्साको ग्रामीण नाका अलौ, झौवा, अमरपटी, सबैठवा, पकहामैनपुर, जानकीटोला, लगायतका नाकाहरूबाट प्रहरीकै सहयोगमा तस्करीको लाइन फस्टाएको हो ।

पर्सा जिल्लाको नेपाल प्रहरी प्रमुख फेरिएपनी सीम स्थित रहेका प्रहरी चौकी र बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षकहरूकै सहयोगमा तस्करी कार्य फस्टाएको बुझिन्छ । पर्सा जिल्लाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकको नाममा समेत स्थानिय बोर्डर आउट पोस्टकै माध्यमले रकम उठन थालिएपछी तस्करहरूलाइ सहज भएको बताइन्छ । नूनदेखी सुनसम्मको तस्करी हुने ठाउँ मध्ये पर्सा जिल्लालाइ नमूनाको रूपमा मानिने गर्दछ, कारण हो नेपाल प्रहरी र सशस्त्र प्रहरीको काम कारवाही ।

पर्सा जिल्लाको ग्रामिण नाकाहरूबाट हार्डवेयर, कपडा, मरिच, छोहडा, गिट्टी, भैसी लगायतको तस्करी तिब्र रूपले बढेको पाइएको छ । बिरगंज बजारबाट बैध तरिकाले पोखरियासम्म छोहडा जाने गरेको र पोखरियाबाट मोटरसाइकलको माध्यमले अबैध तरिकाले सबैठवा र पकहामैनपुर हुँदै भारत पुग्ने गरेको बताइन्छ । यस कार्यमा पर्सा जिल्लाको कुख्यात तस्करहरू सहभागी भइ तस्करी लाइन सन्चालन गरेको बताइन्छ । सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको नाममा तस्करीको पैसा उठेपनी हालै जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखको रूपमा आउनु भएका प्रहरी उपरीक्षक गङ्गा पन्तको नाममा रकम उठने कि नउठने हेर्न बाकी रहेको छ । ग्रामिण नाकाहरूबाट तस्करीको कार्य फस्टाएपनी जिल्ला प्रमुखहरूको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.