Ultimate magazine theme for WordPress.

इन्टरपोलमा पनि नेपाल प्रहरी अब्बल, आइजीपी खनालले बढाए देशकै शान

233

काठमाडौं, २५ पौष । पछिल्लो समय अपराधको दायरा बढी चुनौतीपूर्ण बन्दै गएको छ । आजको चुनौतीपूर्ण र विश्वव्यापी आपराधिक परिदृश्यमा परम्परागत पुलिस विधि नागरिकको सुरक्षाका लागि अप्रयाप्त भइसकेको छ ।
अन्तर्राष्ट्रिय पुलिस संगठन (इन्टरपोल) ले पनि फरार अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउने सवालमा खासै प्रभावकारी भूमिका खेलिरहेको छैन । प्रविधिको विकाससँगै मानिसहरुको आवतजावतका कारण साइबर अपराध, मानव बेचबिखन जस्ता गतिविधि नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको छ ।
यही कुरालाई मध्यनजर गर्दै विशेषगरी साइबर अपराध र मानव वेचबिखन सम्बन्धी अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले भर्खरै साइबर अपराध अनुसन्धान व्यूरो र मावन वेचविखन अनुसन्धान व्यूरोको स्थापना गरेको छ । यी व्यूरोहरुले अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा फरार अपराधीहरुलाई विश्वव्यापी रुपमा ट्रयाक गर्ने काममा मद्दत गर्नु मुख्य उद्देश्य हो ।
बलियो सीमा, सुरक्षित मुलुक
विश्वव्यापी रुपमा फरार अपराधीहरुको नियन्त्रण र नेपालको अनुसन्धानलाई विश्वव्यापीकरण गर्न काठमाडौमा रहेका इन्टरपोल नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) महत्वपूर्ण संगठन हो ।
फरार अभियुक्तहरूको तथ्याङ्कसँगको पहुँच साथै कुनै पनि फरार अभियुक्तको छिटो पहिचानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इमिग्रेशन सेन्टर, काउन्टर टेरोरिजम इकाईसँगको प्रभावकारी समन्वयका आगि नेशनल सेन्ट्रल व्यूरो एनसिबीले ग्लोबल इन्टरपोल आई–२४/७ सँगको सम्बन्ध विस्तार गरिरहेको छ ।
गतवर्ष इन्टरपोलको आफ्नो क्षमता र नेशनल सेन्ट्रल व्यूरो (एनसिबी)को सहकार्यमा सुन तस्कर, वन्यजन्तुको हत्या, बलात्कार मानव बेचविखन ठगी जस्ता अपराधहरुमा फरार १० जना खुङ्खार फरार अभियुतm पक्राउ गर्न सफल भएका छन् ।
यी फरार अपराधीहरुको पक्राउले देशको सुरक्षामा मात्र नभई नेपाल प्रहरीको इज्जत समेत राष्ट्रिय स्तरमा बढेको छ ।
मानव बेचविखनका ‘मास्टरमाइन्ड’ पक्राउ
नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) बैंङकक र मानव बेचविखन अनुसन्धान व्यूरोले २०१५ देखि क्षेत्रीय रुपमा मानव बेचविखनको सञ्जालका प्रमुख तथा चन्दा असुलीमा फरार परशुराम गुरुङलाई पक्राउ गर्न सफल भयो । निजको पक्राउले अन्तर्राष्ट्रिय अनुसन्धान नयाँ अध्यायको सुरु गयो । एनसिबीले अझै पनि यो मुद्दामा निरन्तर काम गरिरहेको छ ।
ग्लोबल सुन तस्कर पक्राउ
इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको विश्वमा सुन तस्करले चर्चित एक सुन तस्कर पक्रन सफल भएको छ । एनसिबी काठमाडौ र अबुदावीले संयुक्त रुपमा अगाडि बढाएको फरार अभियुक्त अनुसन्धानबाट ग्लोबल सुन तस्कर पक्राउ सफल भएको हो । सांगठनिक रुपमा नै अपराध नेटवर्कका नाइके सुन तस्कर बेनु श्रेष्ठलाई यूएईबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनी अपहरण, हत्या ठगीको मुद्दामा समेत खोजी भइरहेका फरार अभियुक्त थिए ।
यो दुई वटा सफल उदाहरणले अपराधी चाहे विश्वको जुनसुकै कुना किन नलुकोस्, अपराधीको अनुसन्धानमा इन्टरपोलको महत्व कति छ भन्ने स्पष्ट पार्दछ । यसमा नेपाल प्रहरीको भूमिकाले नेपाल प्रहरीको नेतृत्वको नेतृत्वदायी भूमिका अब्बल सावित बनेको छ ।
इन्टरपोलको पुलिस चिफ म्यागजिनमा आफ्नो महत्वपूर्ण भनाइ तथा अनुभवहरु प्रकाशन हुनुले पनि यो कुरालाई थप पुष्टि गरेको छ । आइजीपी सर्वेन्द्र खनालले इन्टरपोलमा समेत नेपाल प्रहरीलाई अब्बल सावित गरेर नेपाल र नेपाल प्रहरीको गरिमालाई थप गर्विलो बनाइदिएका छन् ।
– (इन्टरपोलको ‘पुलिस चिफ म्यागजिन’ मा प्रकाशित लेखका आधारमा तयार पारिएको ।)

Leave A Reply

Your email address will not be published.