Ultimate magazine theme for WordPress.

सर्वोच्च अदालतले निजगढ अन्तरराष्ट्रिय विमानस्थ राष्ट्रको उन्नतिसँग दाँजेर हेर्नु पर्ने : नेता पराजुली

336

सिमरा–२४ मंसिर / बारामा बन्न लागेको निजगढ अन्तरराष्ट्रिय विमानस्थको सन्दर्भमा एक किसिमको राष्ट्रिय सहमती बनिसकेको समयमा सत्ता पक्षले कसैलाई आरोप लगाएर आफ्नो असक्षमता प्रदर्शन गर्नुको कुनै औचित्य नभएको सविधान सभाका सदस्य समेत रहेका नेपाली काग्रेसका पुर्व सचेतक शोभाकर पराजुलीले बताउनु भएको छ ।
बाराको सिमरास्थित सम्यक होटलमा आज मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो । नेपाल प्रेस युनियनका अध्यक्ष गणेश रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले आयोजनालाई पछिल्लो समयमा बिभिन्न बहानामा प्रभाबित पार्न खोजिएकोप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको समेत बितरित बिज्ञप्तीमा जनाईएको छ । वातावरण बिनास गरेर विमानस्थल बनाउन नहुने भनी दायर भएको रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको बिषय सबैको चासो रहेको बताउदै यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा रोकिनु नहुने उहाँले बताउनु भयो । सर्वोच्च अदालतले यो विषयलाई राष्ट्रको उन्नतिसँग दाँजेर हेर्नु पर्ने बताउदै नेता पराजुलीले निजगढ विमानस्थलले देशको अर्थतन्त्रलाई कायापलट गराउन सहयोग पुराउने बताउनु भयो ।
पत्रकारहरुको जिज्ञासाको उत्तरदिदै नेता पराजुलीले बिश्वका कैयौँ भुपरिवेष्ठित राष्ट्रहरुले कार्गो विमानलाई तेस्रो मुलुकसँग आयात निर्यातको माध्यम बनाइरहेका बेला निजगढ विमानस्थलले समेत देशको ब्यापारका लागि एक राष्ट्रसँगको परनिर्भरता अन्त्य गर्न सहयोग पु¥याई देश समृद्धिका लागि कोसेढुंगा साबित हुने बताउनु भयो ।
उहाँले दुई दशक अघिदेखि देशका बिभिन्न आठ स्थानमा गरिएको अध्ययन पश्चात छनोट भएको यो स्थान अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सबै हिसाबले सर्वाधिक उपयुक्त स्थान भएको र यो नबने यस किसिमको विमानस्थल कहिल्यै बन्न नसक्ने सत्यतालाई दृष्टिगत गर्दै अन्तरकालिन आदेशको गाँठो फुकाएर न्यायालयले अविलम्ब राष्ट्रियता र जनताका पक्षमा निर्णय गर्न आवश्यक भएको उनले बताए । आयोजनाका लागि राष्ट्रको अर्वोँ रकम खर्च भइसकेको र अब शिलन्यासको समयमा आएर विवाद झिक्नु बन्न नदिने चलखेल प्रति स्थानीय, प्रादेशिक र संघीय गरी तीनै तहका सरकार र सबै राजनीतिक दलहरुबीच क्रियाशीलता जरुरी भएको उहाले बताउनु भयो । वातावरणसम्बन्धी सबै बिषयलाई आयोजनाले जनावर हिड्ने बाटो, सिमसार, पानी र बन सबैको उचित सम्बोधन गरेकोले सबैले अध्ययन गर्नु पर्ने बताउनु भएको छ । उहाँले निजगढ काठमाण्डौ दु्रतमार्ग, विशेष आर्थिक क्षेत्र (सेज), ब्यापारिक मार्ग, देशको एकमात्र सुख्खा बन्दरगाह र सिमरा विमानस्थल स्तरोन्नतीतर्फ पनि सम्बन्धित सबैको ध्यान जानुपर्ने र बिकासका लागि सहमती, सहकार्य, एकता र मेलमिलापपूर्ण वातावरण बनाउनु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष तथा २ नं प्रदेशका सचिब गुरुप्रसाद गौतम, प्रदेश सदस्य सिकेन्द्र पासवान , महासंघ बाराका पुर्व अध्यक्ष लक्ष्मी साह, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य सिता बराल, प्रेस युनियनका सस्थापक अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष रविन्द्र सिह, महासंघ बाराका सह सचिब महेश्वर अधिकारी, अग्रज पत्रकार गम्भिरा सहनी, रेशम तिवारी, पत्रकार अनिल तिवारी, अविनाश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.