Ultimate magazine theme for WordPress.

सर्लाहीबाट ५० हजार घुस रकम सहित दुई जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फान्दामा

240

उमेश दुबे
सर्लाही, २४ मंसिर ÷ सर्लाहीको इलाका प्रहरी कार्यालय त्रिभुवन नगरका प्रमुख प्रहरी नायब निरीक्षक सहित प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धानको फान्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले ५० हजार घुस रकम लिदा लिदै प्रहरी नायब निरीक्षक राजेश सिंह र प्रहरी जवान मनोज यादवलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, त्रिभुवन नगरका प्रमुख प्रहरी नायब निरीक्षक राजेश सिंहले आफ्नो दबंगै पाराले तस्कर संगठन संग रकम असुली गर्दै आएको र रकम नदिए पश्चात लागु औषधमा फसाउने धाकधम्की दिदै आएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार त्यस्तै धाकधम्की दिदै आएकोले मदिराको लाइनको निम्ति ५० हजार रकम घुस लिदा लिदै पक्राउ गरेको स्थानियले जनाएका छन् । स्थानियले जनाए अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले पक्राउ गर्नसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोली माथि पनि हातपात समेत भएको जनाएका छन् ।
आज अपरान्ह करिब २ बजेको समयमा सर्लाहीको ब्रम्हपुरी नगरपालिका वडा नम्बर ४ स्थित रहेको शिव मन्दिर नजिक घुसको पैसा लिन पुगेका प्रहरी जवान मनोज यादवलाई घटना स्थलबाटै पक्राउ गरिएको थियो भने पैसाको मांग गर्ने प्रहरी नायब निरीक्षक राजेश सिंहलाई इलाका प्रहरी कार्यालय त्रिभुवन नगरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ गरिएको दुबै जनालाई बर्दिवास ल्याउन तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.