Ultimate magazine theme for WordPress.

राजश्व सशस्त्र प्रहरीद्वारा लागु औषध ९ केजी चरेस सहित २ जना भारतीय महिला पक्राउ

708

उमेश दुबे
पर्सा, ३ फाल्गुन ÷ नेपालबाट भारततर्फ गइरहेको दुई जना महिलाले बोकेको लागु औषध चरेस सहित पक्राउ परेका छन् । नेपालबाट भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म (राजस्व तथा भन्सार गस्ति सुरक्षा) पर्साबाट खटिएको टोलीले लागु औषध सहित दुई जना महिलालाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १६ वीरगंज भन्सार कार्यालयको मुलगेटमा चेकजाच गर्ने क्रममा नेपालबाट भारततर्फ गइरहेको महिला माथि शंका लागि चेकजाच गर्ने क्रममा लागु औषध चरेस सहित पक्राउ गर्न सफल भएको राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो । भारतको घडियाना÷हरियाणा स्थाई ठेगाना बताउने महेश साहको छोरीहरु अन्दाजी बर्ष ३२ की निशा साहको साथबाट ४ किलो ग्राम (८ प्याकेट) र बर्ष ३० की सोनाली साहको साथबाट ५ किलो ग्राम (१० प्योकट) गरी जम्मा लागु औषध ९ किलो ग्राम पक्राउ गर्न सफल भएको डिएसपी खडकाले जानकारी दिनु भयो ।
आज बिहान करिब साढे ६ बजेतिर वीरगंज भन्सार कार्यालय अगाडी चेकजाच गर्ने क्रममा लागु औषध चरेस सहित सहित दुई जना महिला पक्राउ गरेको र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म (राजस्व तथा भन्सार गस्ति सुरक्षा) पर्साका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो ।
यस अनलाइन संग कुरा गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले श्रावणदेखी हालसम्म लागु औषध चरेस साढे २३ किलो ग्राम, डाइजोल्याब १ हजार ६ सय २८ गोटा, नोफिन १ हजार ६ सय २४ गोटा, फेनारगन १ हजार ६ सय ८ गोटा, ब्राउण सुगर २ ग्राम, गाजा १८ किलो ७ सय ग्राम, नाइट्रोभेट ४१ टयाबलेट (३ पता), कोरेक्स ५ बोतल र नाइट्रोपाइम १० एमजी ३ सय ५ गोटा पक्राउ गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.