२५ हजारमा नागरिकता प्राप्त, वडा अध्यक्ष सुरक्षित, नागरिकता बनाएका युवक पक्राउ

बारा, १७ चैत्र / बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले जालसाजी कागजात खडा गरी युवकको नागरिकता बनाउन सफल भएको बारे चर्चाको बिषय बनेको छ । करिब ३ महिना अगाडी २५ हजारको लोभमा परी वडा अध्यक्षले नागरिकताको सिफारिस गरेपनि हाल नागरिकता बनाउने युवक र नाना प्रहरीको फान्दामा छन भने वडा कार्यालय प्रमुख उम्कीन सफल भएको बारे चर्चाको बिषय बनेको हो ।
नेपालको कानुन अन्तर्गत गैर कानुनी तरिकाले नागरिकता बनाउने र सहयोग गर्ने दुबै अपराध मानिने गरेपनि यस घटनामा जिल्ला प्रशासन कार्यालयले एकहोरो निर्णय गरेको देखिन्छ । करिब ३ महिना अगाडी नागरिकता प्राप्त युवक रमेश साह तुराहाको बिषयमा स्थानीय श्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय बाराले मुद्धा समेत चलाएको बुझिन्छ । करिब ३ महिना अगाडी कलैया उपमहानगरपालिका वडा नम्बर १० मटीअर्वाका वडा अध्यक्ष महम्द साबिर मिया ठकुराईले २५ हजार रकम लिएर मात्र सिफारिस गरेको बारे रहस्य खुलेको छ ।
जालसाजी गरी नागरिकता बनाएको भन्दै प्रहरीमा उजुर पर्नसाथ आफ्नै नानाको छोरा बनि नागरिकता प्राप्त भएको देखिन्छ । वडा नम्बर १० निवासी ६५ बर्षिय जोधन साह तुराहाको छोरा बनि रमेश साह तुराहाले नागरिकता प्राप्त गरेको देखिन्छ । युवक रमेश साह तुराहाको आफ्नै नाना जोधन साह तुराहा रहेको स्थानीय बताउछन । रमेश साह तुराहाकी आमा गिता देबी तुरहिनका अनुसार स्थानीय वडा अध्यक्ष महम्द साबिर मियाले २५ हजार दिए हस्ताक्षर गर्ने सर्त राखेपछि छोराको नागरिकता बन्ने आश राखेको बताइन । नियम कानुनले के भन्छ आफुलाई जानकारी नभएपनि २५ हजार वडा अध्यक्षले लिए वापत सिफारिस गरेको बारे आफ्नो दुखेसो पोखिन ।
यता जिल्ला प्रशासन कार्यालय बाराले दोहोरो नीति नियम कानुन लगाएको बारे यस घटनाले पुष्टि समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रकम लिएर सिफारिस गर्ने वडा अध्यक्षलाई उन्मुक्ती दिएको देखिन्छ त एकातिर रकम दिएर कानुन नै थाह नभएका व्यक्तिलाई पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाएको देखिन्छ । एकातिर नियम कानुनको विधि विपरीत कार्य गर्ने र गराउने दुबै दोषी हुने झुठो आश्वासन दिने कानुनले नै कानुनको धज्जि उडाएको पाइन्छ । तसर्थ ः यस बिषयमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment