११८ यात्रु बोकेको लिबियाली विमान अपहरणमा

(एजेन्स):११८ यात्रु बोकेको लिबियाली विमान अपहरणमा परेको छ। आफ्रिकिया एयरको ए ३२० विमान लिबियाको सेवा विमानस्थलबाट स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ९ बजे राजधानी त्रिपोलीका लागि उडेको थियो।

विमान भुमध्य सागरमाथि उडिरहेको बेला दुई जना यात्रुले आफूसँग ग्रिनेड भएको र आफूले भनेको ठाउँतिर नउडाए त्यो पड्काइदिने धम्की दिएर विमान अपहरण गरेका थिए।
अपहरित विमानलाई उनीहरूले माल्टामा अवतरण गराएको बिबीसीले जनाएको छ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले विमान अपरहणमा परेर माल्टामा अवतरण गराइएको जानकारी आएको ट्विटरमार्फत जनाएका छन्।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् । माल्टाको विमानस्थलले ट्वीटरमा यसको पुष्टि गरेको छ कि विमानस्थलमा अनाधिकृत व्यवधान उत्पन्न भएको छ । र, आपतकालीन टोली पठाइएको छ ।

 

Comments (0)
Add Comment