स्ववियु निर्वाचन झन् अन्यौलमा

काठमाडौं, फागुन ५ : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फेरि अन्यौलमा परेको छ। निर्वाचनका बारेमा निर्णय लिन त्रिवि पदाधिकारीसहित प्रमुख विद्यार्थी संगठनका प्रमुखहरुको कीर्तिपुरमा बैठक चलिरहेको छ।

नेकपा माओवादी, मधेसी दल र संघीय लिम्बुवान निकट विद्यार्थीहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाने हो भने आन्दोलन गर्ने घोषणा गरेपछि निर्वाचन अन्यौलमा परेको हो।

‘अहिले कीर्तिपुरमा प्रमुख विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच बैठक चलिहरेको छ,’ अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन अर्यालले भने, ‘मिति सार्नुपर्ने र फर्जी भर्ना रद्द गर्नुपर्ने लगायतका मागबारे पनि छलफल हुँदैछ। तर आन्दोलकारी विद्यार्थीहरुले मिति मात्रै सारेर निर्वाचन गर्न पनि मानिरहेका छैनन्।’

यसअघि त्रिविले फागुन १४ गतेलाई स्ववियु निर्वाचनको मिति तय गरेको थियो।

Comments (0)
Add Comment