स्वतन्त्र उम्मेदवार साह आफुलाई विजयी बनाउन चुनावी भेटघाट गर्दै

वीरगंज ०४ कात्तिक / पर्सा निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लक्कीचन साहले चुनावी भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले आफ्नो चुनावी क्षेत्रमा सर्वसाधारण सँग भेटघाट गरेका छन् ।
चापा कल चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको मनियारी, जगरनाथपुर लगायतका स्थानहरुमा मतदाताहरुसंग भेटघाट गर्दै आफुलाई मतादन गर्न आग्रह गरेका हुन् । उनले आफु सधै जनताको सेवा गरेको र जनताको सुख, दुःखमा साथमा रहेकोले आफ्नो चुनाव चिन्ह चापा कलमा मतदान गर्न आग्रह गरेका हुन् ।
भेटघाटको क्रममा मतदाताहरुले आफुलाई मतदान गर्न एकदम उत्साहित देखिएको उम्मेदवार साहले वताए । यस क्षेत्रमा यसअघिको निर्वाचनमा निर्वाचित सांसद प्रदीप यादवले सर्वसाधारण, निमुखा जनताको लागि खासै केही गर्न नसकेको बताउदै साहले आफु निर्वाचित भए गरिब, असहाय, दलित, निमुखा जनताको लागि अहोरात्र खटि सेवा गर्ने तथा यस क्षेत्रको चौतर्फि विकास गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवार साहले भेटघाटको क्रममा आफ्नो जिवन समाज सेवा र संघर्षमा समर्पण गरेकोले आफुसंग अरु उम्मेदवारको सरह आर्थिक खर्च गर्ने अवस्था नरहेको वताउँदै सबैले सहजोग गरेर चुनाव जिताउन आग्रह गरेका हुन् ।
उम्मेदवार साह वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारी निवासी हुन् ।

Comments (0)
Add Comment