स्वतन्त्र उम्मेदवार द्विवेदीलाई निर्वाचित गराउन एक जुट हुदै जनता

पर्सा, ३ कात्तिक / पर्सा जिल्लाको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीलाई निर्वाचित गराउन जनता आतुर भएको देखिन थालिएको छ । यसपालि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई निर्वाचित गराउन क्षेत्र नम्बर १ का जनता आतुर भएको देखिन थालिएको हो ।
मधेस प्र्रदेश लगायत खास गरी वीरगंज क्षेत्रमा बढ्दै गएको भ्रष्टाचारलाई सखाप पार्नको निम्ति स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिएका छन । बिगत पा“च बर्षदेखी भ्रष्टाचारीहरुको चुंगलमा फसेका वीरगंजेली जनताको उद्धारको निम्ति र वीरगंज क्षेत्रको विकाससको निम्ति स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा अजय द्विवेदी ओर्लिएका हुन । चुनावी मैदानमा ओर्लिनसाथ क्षेत्र नं. १ का जनता अजय द्विवेदीलाई निर्वाचित गराउन अभियान नै चलाएको बुझिन्छ ।

करिब ४ दशकदेखी नेपाली कांग्रेसमा आवद्ध रहेका अजय द्विवेदी अन्ततः स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिएका छन । यस बिषयमा स्वतन्त्र उम्मेदवार द्विवेदीले क्षेत्र नं. १ का जनताले रोजेकै कारण आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाले बढ्दै गएको भ्रष्टाचार माथि लगाम लगाउने उदेश्यले आफ््नो उम्मेदवारी रहेको समेत जिकिर गर्नुभयो । प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका अजय द्विवेदी जनता माझ दिन प्रति दिन लोकप्रिय बन्दै गएका छन । क्षेत्र नम्बर १ का जनताकै निर्देशन अनुसार आफ्नो उम्मेदवारी रहेको र जनताले चाहे मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने द्विवेदीको भनाई रहेको छ ।

यता क्षेत्र नम्बर १ का जनताले बिगतको निर्वाचनमा मधेसी दललाई निर्वाचित गराउदै आएको तर मधेसी जनताको लागि विकास नगरी आफ्नै विकास गरेको कारण यसपालि स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई निर्वाचित गराउन कम्मर कसेर लागेको बताएका छन । वीरगंजका जनतालाई समाजसेवी, विकास गर्न सकिने नेता चाहियो, जुन द्विवेदी उपयुक्त रहेको बताए । निर्वाचनको समयमा ठुला ठुला भाषण गर्ने नेताको भरमा यस अघि निर्वाचित गराएर देखिसकेको बताउदै यसपालि मंसिर ४ गतेको निर्वाचनमा नया अनुहारका साथ साथै स्वतन्त्र उम्मेदवार नै रोजेको बताए ।
एक जना अर्का स्थानीयका अनुसार पटक पटक मधेसी जनताको नाममा निर्वाचित हुदै आएका सांसदहरु आफ्नो स्वार्थको निम्ति मधेसी जनताको मर्म संग खेलवाड गरेकै कारण जनता स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा उभिएको बताउनु भयो । उहाले मधेस आन्दोलनमा गोली चलाउन लगाएको केपी ओेलीको समर्थनमा मधेसी दल गएकै कारण स्वार्थ पदपुर्ती देखिन गएको हुदा मधेसी जनता यसपालि स्वतन्त्र उम्मेदवार अजय द्विवेदीकै पक्षमा उभिने बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदी नै निर्वाचित हुने बिश्वास समेत व्यक्त गरे ।

Comments (0)
Add Comment