शहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

वीरगंज १६ माघ ।
माघ १६ देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै वीरगंजमा आज सहिद दिवस मनाइदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राण्ााँ शासन, निरङकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफनो जिवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक र्वष सहिद दिवस मनाइदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङगालाल श्रेष्ठको सङघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा सहिद दिवस मनाइएको हो ।
त्यही अनुरुप वीरगंजमा आज जी पी कोइराला फाउण्डेशनले शहिद दिवशको अवसरमा शहिद तेज बहादुर अमात्य र शहिद श्रीबम मल्लको शालिकमा माल्र्याप्न गरी शहिदहरुको सम्झना गरेको छ । फाउण्डेशनले शहिद दिबसको अवसरमा नारायणी उपक्षेत्रिय अस्पतालका विरामीहरुलाई फलफुल पनि वितरण गरेको छ । र्कायक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता राम नरायण कुर्मीले देशमा काग्रेस कमजोर भएको कारण प्रजातन्त्र कमजोर भएको दाबि गरेको छन । देशलाई राजनितिक तथा समाजिक निकास दिनलाई काग्रेस नै आवश्यक रहेको उनले बताए ।
शहिदलाई र्वषमा एक चोटी मात्र याद गरिरहेकोले हामीले आफनो अभिारा पुरा गर्यौ भनेर सोच नै गलत रहेको शहिद पुत्र राजेन्द्र बहादुर अमात्यको भनाई रहेको छ । सहिदको शोच र बलिदानीलाई हामीलाई दिएको अभिारा पुरा गर्न सकेका छैनौ ।
नेपाली काग्रेस र्पसाका अध्यक्ष अजय द्धवेदी हरेक राजनिति पार्टीका नेता तथा र्कायक्रतामा राजा बन्ने प्रवृति पलाएको दावी गरेका छन । प्रजातन्त्रका लडाइ लडेर राजा हटायौ र राजा बन्न प्रवृती नेता तथा र्कायक्रतामा पलाएपछि देशका बलिदानी दिएका शहिदहरुको अपमान गरेको द्धवेदी बताएका छन ।
जी पि कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद शहाबुद्दिनको सभापतित्वमा सम्पन्न भएको र्कायक्रमका नेपाली कागेस र्पसाका अध्यक्ष अजय द्धवेदी , शहिद पुत्र राजेन्द्र बहादुर अमात्य , काग्रेस र्पसाका सचिव किशारी साह कानु, श्याम पटेल , जमिला खातुन लगायतका व्यतिmहरुको सहभागिता रहेको फायण्डेशनका सचिव मनोहर साहले बताएका छन ।

Comments (0)
Add Comment