वीरगन्ज मेनरोड भत्काउन पक्का

बिरगंज सिटि,  पुस १८ : हेटौँडा बजार क्षेत्रका सरकारी संरचना तथा रोडमा रहेका घरहरु भत्काउने काम सुरु भए पछि हेटौडा बासिहरु वीरगन्ज बजार क्षेत्रको मुख्य सरकारी संरचना तथा रोडमा रहेका घरहरु पनि भत्काउनु पर्ने माग गर्दै विरोध गरेका छन वीरोध पछि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय हेटौडा मकवानपुरले १८ गते कान्तिपुर पत्रिकामा घर टहरा हटाउने बारेको अत्यन्त जरुरी सुचना प्रकाशन गरेको छ ।

सुचनामा प्रष्ट त्रिभुवन राजपथको वीरगन्ज भन्सार देखि दामेचौर मकवानपुर सम्मको राजमार्ग राजपथको दायाँ वायाँ २५ मिटरको सडक सिमाको अतिक्रमण हटाउन सुचना निकालेको छ ।

Comments (0)
Add Comment