वीरगंजको भकुवा नाकामा सलबलाए तस्कर समुह

पर्सा, २६ असार / वीरगंज महानगरपालिका अन्तर्गत पर्ने भकुवा नाका हुदै प्रहरी प्रशासनकै मिलोमतोमा व्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रहरी चौकीदेखी माथिल्लो निकायसम्म मौन धारण गरेको पाइन्छ । तस्कर समुहले स्थानीय प्रहरीदेखी माथिल्लो निकायसम्म रकम बुझाए पश्चात तस्करीको लाइन निर्वाध रुपले बढेको पाइएको हो ।
अस्थायी प्रहरी पोष्ट भकुवाका प्रमुख प्रहरी सहायक निरीक्षक भिम पौडेल लगायत माथिल्लो निकायसम्म सेटिङ भए पश्चात तस्करी गर्ने तस्करका संजाल सलबलाएको बुझिन्छ । माथिल्लो निकायसम्म तस्करीको सेटिङ भए पश्चात भकुवा नाका हुदै निर्वाध रुपमा तस्करीको गर्ने गिरोह सलबलाएका हुन ।
नेपाल र भारतको सीमा नाका हुदै तस्करी गर्न गिरोह प्रहरीको माथिल्लो निकायसम्म रकम नबुझाए तस्करी गर्न असम्भव नै भएको कारण माथिल्लो निकायसम्म मासिक नजराना स्वरुप रकम बुझाउदै आएको प्रहरी श्रोतको भनाई रहेको छ । अस्थायी प्रहरी पोष्ट भकुवाका एक जना प्रहरी श्रोतका अनुसार दिनभरी स—साना आइमाईको माध्यमले तस्करी हुने गरेको पाइएपनि रातिको समयमा तस्करीको मालसमान स्कटीङ गर्नको निम्ति प्रहरी चौकीबाटै प्रहरी परिचालन हुने गरेको बताए ।
अस्थायी प्रहरी पोष्ट भकुवाका प्रमुख प्रहरी सहायक निरीक्षक भिम पौडेल गए दिनदेखि नै भकुवा नाका तस्करहरुको अखडाको रुपमा चिन्न थालिएको स्थानीयहरुले नै बताउन थालेका छन । भकुवा नाकामा दिनहु सीमा प्रहरी चौकी छपकैया, वडा प्रहरी कार्यालय बिर्ता लगायत बोर्डर आउट पोष्ट श्रीसियाबाट समेत प्रहरीहरु आउने गरेपनि मालसमान अवैध तरिकाले आयात हुने समयमा जाने गरेको एक जना स्थानीयले आफ्नो नाम सम्प्रेशन नगर्ने सर्तमा बताएका छन ।
एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी सहायक निरीक्षक भिम पौडेलले आफ्नो वर्दी र पावरको गलत दुरुपयोग गर्दै सीमाबाट हुने अवैध कृयाकलापबाट मासिक लाखौ रुपैया आर्जन गर्न सफल भएका छन । उनको माथिल्लो निकायसम्म राम्रो पहुच भएकै कारण भकुवा नाका हुदै व्यापक रुपमा तस्करीको लाइन खोलिएको प्रहरी भित्रै चर्चाको बिषय बनेको छ ।
नेपाल प्रहरी संगठनलाई अब्बल संगठनको रुपमा मानिएपनि केही कर्मचारीको लापरवाही र गैर जिम्मेवारीपनका कारण संगठन माथि नै बेला कुबेला प्रश्ण उठदै आएको छ । तसर्थ ः यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment