विध्या सदन मा.वी.मा विद्यार्थीलाई चरम यातना

विरगंज, चैत्र ०७ – बीरगंजको मुर्ली स्थित विद्यासदन मा.वि.का प्रिन्सिपलले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई चरमयातना दिएको भन्दै आज विहान अभिभावकहरुले प्रदर्शन गरेपछि विद्यालय क्षेत्रमा तनाव सृजना भएको छ ।

सो विद्यलायको कक्षा ८ मा अध्ययनरत राहुल अंसारी, सरताज अंसारी, सोनु अंसारी, अदनान अंसारी, राजु यादव, अशोक साह, अमर यादव, बिरेन्द्र कुमार, धिरज चौधरी, रवी पटेल, साहिद अली, खुसनन्दन चौधरी, आकाश पटेल, लगायत २० जना विद्यार्थीहरुलाई ५ः०० बजे पछि अतिरिक्त कक्षा लिन अनिवार्य गरिएको र विद्यार्थीले नमान्दा विद्यालयका प्रिन्सिपल लाल बहादुर गुरुङको उपस्तीथीमा स्कुलका टिचर सारुख अंसारीले चरमयातना दिएको र बिधार्थीहरुको हात र खुट्टामा निल डाम समेत भएको अभिभावक मनिर अन्सारीले बताउनुभयो ।

विद्यार्थीलाई नाजायज रुपमा कुटपिट गरेको विषयलाई लिएर अभिभावकहरुले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली पुगेको थियो । प्रहरी टोली र अभिभावक तथा संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य नेक महम्मद अंसारी समक्ष प्रिन्सिपल गुरुङ र शिक्षकले माफी मागेपछि घटना साम्य भएको थियो ।

Comments (0)
Add Comment