लुकाई छिपाई राखिएको ३० थान काठ पर्सा प्रहरीद्वारा समातियो

बिरगंज सिटी,पुष १८:   मिति २०७३।०९।१५ गते शुक्रबार सांझ अं. १८;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साहको कमाण्डमा खटिई गएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जिल्ला पर्सा, गादी गा.वि.स. वडा नं. – ९ स्थितको खेतमा अबैध रूपमा रूख कटान गरी ओसार पसार गरी जम्मा गरिएको तथा लुकाई छिपाई राखिएको अवस्थामा ३० थान १२९ क्वी फिट सालको काठ प्रहरी चौकी रंगपुर पर्सामा बरामद गरी ल्याई राखिएकोमा आज मिति २०७३।०९।१८ गते बिहान ११;०० बजेको समयमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे ज्यूको समेत उपस्थितिमा पत्रकार सम्मेलन गरी आवश्यक कारबाहीको लागि आजै जिल्ला बन कार्यालय पर्सा पठाईएको । जिल्ला प्रहरी कार्यालय पर्सा प्रबक्ता प्र.ना.उ. चक्र राज जोशीले बताए |

Comments (0)
Add Comment