लागु औषध सहित तिन जना पर्सा प्रहरीको नियन्त्रणमा

पर्सा, १० चैत्र / लागु औषध सहित दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध खरिद गर्न आएका र लागु औषध बिक्रि वितरण गर्न आएका तिन जनाको समुहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजन्ती चौकमा प्रहरीको चेकिङमा परी एक जना भारतीय नागरिक संग दुई लाख पचास हजार रकम बरामद भएपछि प्रहरीको छानबिनले लागु औषध चरेस खरिद गर्न आएको बारे खुलेको थियो । प्रहरीले अनुसन्धान गर्दै जादा वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित नारायणी गेष्ट हाउसबाट थप दुई जनालाई नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको छ । १२ किलोग्राम लागु औषध चरेस सहित तिन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला सिवान बस्ने २४ बर्षिय महमद आलम, सोही ठाउ बस्ने २२ बर्षिय आरिफ राज र धादिङ जिल्लाको गजुरी गाउपालिका वडा नम्बर ८ बस्ने २९ बर्षिय सुरेश तमाङ रहेको पर्सा प्रहरीले जनाएको छ ।

Comments (0)
Add Comment