महिलाहरुलाइ शिक्षित र जागरुक हुनु पर्ने अहिलेका आवश्कता : नेता गदी

बिरगंज , पौष ११ – संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवम सभासद लालबाबु राउत गदीले मधेसको विकासको लागी महिलाहरुलाइ शिक्षित र जागरुक हुनु पर्ने आवश्कता रहेको धारणा व्यक्त गर्नु भएको छ ।

पर्साको बगही गाविसमा पार्टीको गाउ समिती विस्तार कार्यक्रममा नेता गदीले मधेसको विकासको लागी महिलाहरु शिक्षित हुनुको साथै अधिकारको लागी जागरुकताको पनि आवश्कता रहेको बताउनु भएको थियो ।

उहाले पुरुषहरुसगं कांधमा काध मिलाएर महिलाहरु अगाडि बढन थालेपछि मात्रै मधेसको बिकास हुने बताउनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि पार्टीका जिल्ला सभापति प्रदिप यादवले आफ्नो धर्म संस्कृती तथा भुमिबचाउनको लागी जसरी भारतको झांसीकि रानी लक्ष्मीबाइले तलवार उठाएर लडाइ गरेकि थिइन त्यसतै आफ्नो अधिकारको लागी मधेसका महिलाहरुले पनि शसक्त रुपमा आन्दोलिन हुनु पर्ने आवश्कता रहेको बताउनु भएको थियो ।

अध्यक्ष यादवले मधेसको आन्दोनल जारीरहेको बताउदै अब हुने आरपारको लडाइमा घरघरबाट मधेसीमहिलाहरुलाइ आन्दोलनमा आउन अनुरोध समेत गर्नुभएको थियो ।महिला फोरम बगहीका अध्यक्ष कलावती देवीको अध्यक्षतामा भएको गाउसमिती विस्तार कार्यक्रममा जिल्ला सदस्य जयनारायण पटेल,देवनाथ राउत कर्मी लगायतका स्थानिय नेताहरुले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य मुन्ना तिवारीले व्यक्त गरेका थिए ।

Comments (0)
Add Comment