भक्सवागन चाइनाले ५० हजार गाडी फिर्ता लिने

काठमाडौं, पुस २५ : विश्वविख्यात गाडी निर्माता कम्पनी भक्सवागनले चीनमा निर्मित ५० हजार थान गाडी फिर्ता लिने भएको छ। आफ्ना गाडीमा बे्रकमा समस्या देखिएपछि फिर्ता लिन तयार भएको हो। आगामी फेबु्रअरी ६ देखि गाडी फिर्ता लिन भक्सवागन कम्पनी तयार भएको चीनको गुणस्तर नियमन विभागले जनाएको छ।

विभागका अनुसार, सन् २०१२, जुलाईदेखि २०१५ अगष्ट ६ सम्म निर्मित बिटल्स र सन् २०१२ जुलाई १ देखि २०१३ जुलाई ६ सम्म निर्मित गल्फ भेरियन्ट गाडीमा बढी समस्या देखिएको थियो।

चीनको गुणस्तर अनुगमन तथा क्वारेन्टाइन विभागले ती गाडीमा बे्रक फिल्टरमा कडा आवाज आउने, गाडी चलाउँदा बे्रकले राम्रो काम नगर्नेजस्ता समस्या देखिएको जनाएको छ। भक्सवागन चाइना कम्पनीले यसअघि समस्या देखिएका गाडीमा बे्रक बुष्टर, क्रुज कन्ट्रोल सिस्टम निःशुल्क जडान गरिदिने वाचा गरेको थियो।

Comments (0)
Add Comment