बीरगंजमा ट्रक नियन्त्रणमा लिन चल्यो गोलि

वीरगन्ज ८ पुस । कोइलाको भन्सार देखाई औद्योगिक रसाय भित्र्याएको जे एच ०२ जेड ८६५१ नम्बरको ट्रकलाई  नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

१० बजे प्रहरीले नियन्त्रणमा लिन खोज्दा ट्रक चालकले सातवटा प्रहरी विटलाई भत्तकाई भाग्न खोज्दा सानो हतियारबाट चार राउण्ड गोली प्रहार गर्नु परेको उपरिक्षक साहले जानकारी दिनुभयो।
      रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको भारतीय नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि लोड रहेका रसायनको परिक्षणका लागि नमुना राष्ट्रिय विज्ञान प्रयोग शाला काठमाण्डौमा  पठाएको प्रहरीले जनाएको छ ।
        उहाँले वीरगन्जको इनर्वाबाट भागेको ट्रकको  चालकले नगरको एक किलो मिटर भित्र प्रवेश गरी पुनः सिमाक्षेत्रमा पुग्दा सातवटा विट भत्तकाएपछि ट्रकलाई रोकन बाध्य भएर आप्mनै  पेस्तालबाट चार राउण्ड हवाई फायर गरेको बताउनु भयो ।
श्रोत :यात्रा डेली डट कम
Comments (0)
Add Comment