बिल बिजक भन्दा बढीको मालसमान बोक्ने ट्रक पर्सा प्रहरीको फान्दामा

पर्सा, ८ श्रावण / बिल बिजक भन्दा बढीको मालसमान बोक्ने ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी विधुतीय सामाग्री तथा खुद्रा समानहरु बोकेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सीमा हुदै अवैध तरिकाले आयात भएको विधुतीय समाग्री तथा खुद्रा सामानहरु ट्रकमा लोड गरी नेपालको बिभिन्न ठाउहरुमा पुरयाउदै आइएको बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले गत शुक्रवार राति ११ बजे नियन्त्रणमा लिएको थियो । वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट ना.३ ख २५६ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिई अवाश्यक कारवाहीको लागी आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिनुभयो ।

Comments (0)
Add Comment