प्रदेश सरकारले रंगशालाको निर्णय नसच्याए ठुलै क्षति व्योहर्नु पर्ने युवा नेता राजेशमान सिंहको ठहर

उमेश दुबे
पर्सा, २७ मंसिर ÷ प्रदेश सरकारले बारा तथा पर्सा जिल्लाहरुमा धरोहरको रुपमा रहेका स्थानहरुलाई धरापमा पार्न खोजेको युवा तथा राष्ट्रिय जनता पार्टीका महामन्त्री राजेशमान सिंहले आरोप लगाउनु भयो । उहा“ले प्रदेश नम्बर २ का प्रदेशीय सरकारले पर्सा, बारा जिल्लामा रहेका इतिहासिक तथा पर्यटकीय स्थलहरुलाई बेवास्ता गर्दै धरापमा पार्न खाजेको बताउनु भएको हो ।
युवा नेता तथा राष्ट्रिय जनता पार्टीका महामन्त्री समेत रहनु भएका राजेशमान सिंहले यस जनगुनासो अनलाइन संग कुरा गर्दै प्रदेश सरकारले वीरगंजमा धरोहरका रुपमा रहेका नारायणि रंगशालालाई समेत बेवास्ता गरिएको बताउनु भयो । उहाले केही प्रदेश सरकारका नेताहरुले प्रदेश नम्बर २ को राजधानि जनकपुरमा निवास र जग्गा खरिद गर्नसाथ वीरगंजको धरोहर तथा नारायणि अंचलकै धरोहरको रुपमा रहेका नारायणि रंगशालालाई धरापमा पार्न खोजेको बताउनु भयो । प्रदेश नम्बर २ को सबैभन्दा ठुलो र राष्ट्रकै दोश्रो रंगशालाको रुपमा रहेको नारायणि रंगशालालाई बेवास्ता गर्दै आफ्नो मनोमानी तरिकाले गरेको निर्णयलाई अबिलम्ब सच्याउनु पर्ने बताउनु भयो ।
प्रदेशकै सबै भन्दा ठुलो रंगशालाको रुपमा रहेको नारायणि रंगशाला हुदा हुदै प्रदेश सरकारले रंगशाला निर्माणको लागि जनकपुरमा भाडा स्वरुप लिन लागेको जग्गा सराहनीय नरहेको बताउनु भयो । प्रदेशमै धरोहरको रुपमा रहेका नारायणि रंगशालाको बिषयमा कुनैपनि हालतमा आफुहरु कुनै किसिमको समझौता नगरिने बताउनु भयो । युवा नेता सिंहले प्रदेश सरकारले रंगशालाको निर्णय नसच्याए ठुलै क्षति व्योहर्नु पर्ने बताउनु भयो ।
Comments (0)
Add Comment