पिसिआर परिक्षण माथि स्थानीयको विश्वासनीयता गुम्दै

उमेश दुबे
पर्सा, १३ भाद्र ÷ वीरगंज महानगरपालिकाले आयोजना गरेको एक घर एक पिसिआरको स्वाब संकलनमा अनियमित्ता भएको देखिएको छ । गत श्रावण महिनाको १८ गते वीरगंज महानगरपालिका वडा नम्बर २५ खलवाटोला श्रीसियामा गरिएको स्वाब संकलनमा, स्वाब नै नदिएको व्यक्तिको रिपोर्ट समेत प्रकाशित हुनु भनेको कर्मचारी तथा स्वास्थयकर्मीको लापरवाही तथा गैर जिम्मेवारीको पराकाष्टा नै हो ।
वीरगंज महानगरपालिकाबाट स्वाब संकलनको निम्ति खटिएको टोलीलाइ स्वाब नै नदिएका व्यक्तिको रिपोर्ट नारायणि अस्पतालले प्रकाशित गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २५ निवासी ६० बर्षिय राम अवतार हजराले श्रावण १८ गते भएको स्वाब संकलनमा आफु संगै रहेको किट लिएर गएपनि आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएका छन ।
वीरगंज स्थित नारायणी अस्पतालले प्रकाशित गरेको रिपोर्ट सम्बन्धी संचारकर्मीहरु घटना स्थलमा पुगेका थिए । घटना स्थलमा पुगेका संचारकर्मीलाई देखेर स्वाब संकलनमा आवध भएका स्वास्थकर्मीहरु त्याहाबाट फरार भई अस्पताल भित्र प्रवेश गरेका थिए । वीरगंज महानगरपालिकाले आयोजना गरेको एक घर एक पिसिआर संचालन गर्नु अघि जिल्ला प्रशासन कार्यालय पर्साले अवरोध समेत गरेको थियो ।
वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय बिच भएको समझौता अनुसार छुटा छुटै ठाउहरुमा महानगर र जिल्ला प्रशासनले स्वाब संकलन गर्ने सहमति भए पश्चात स्वाब संकलन कार्य सुरु भएको थियो । तर स्वाब संकलन भइरहेपनि, स्वाब संकलन नै नगरी रिपोर्ट प्रकाशित गर्नु दुर्भाग्यको बिषय बनेको छ । वीरगंज महानगरपालिकाले गरेको स्वाब संकलन नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको बिश्वासनियता कति हुने हो ? आम सर्वसधारणको प्रश्ण रहेको छ ।
अस्पतालले प्रकाशित गरेको रिपोर्टमा कोरोना पोजेटिभ देखिएका व्यक्ति अन्यत्र परिक्षण गराउदा नेगेटिभ रिपोर्ट आएको छ भने नेकपाका युवा नेता अरबिन्द सिंहको पिसिआर परिक्षण गरेको रिपोर्टमा नारायणिले नेगेटिभ देखाएकोमा काठमाण्डौमा परिक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको सिंह निकटका व्यक्तिहरुले सार्वजनिक गरिसकेका छन । वीरगंजमा एकातिर कोरोनाको महामारीलाई कारण देखाएर गरिएको लकडाउनले जनजिवनलाई अस्त व्यस्त पारेको छ भने सर्वसधारणको स्वाब संकलन गरीएको पिसिआर परिक्षणको रिपोर्ट समेत बिश्वासिनियता नहुदा वीरगंजवासी त्रसित बनेका छन ।

Comments (0)
Add Comment