पत्रकार माहासंघ पर्साको अध्यक्षमा बन्जरा

विरगंज, फागुन १८ – नेपाल पत्रकार महासंघ शाखा पर्साको जिल्ला अधिवेशनबाट मंगलवार भएको निर्वाचनमा श्याम बन्जराको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साको सभा गृहमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी अशोक तिवारीलाइ ३० मतले पराजित गर्दै बन्जारा ६७ मत हासिल गरि निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा अनुप तिवारी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी शेखर बाहादुर क्षेत्रीलाइ १५ मतले पराजित गर्दै तिवारीले ६५ मत हासिल गरेका छन् । त्यस्तै मायामितु न्यौपाने प्रतिद्वन्द्वी विम्मी शर्मालाइ १४ मतले पराजित गर्दै महिला उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

त्यसैगरि सचिवमा युवराज खडका, सहसचिवमा दिपक गौतम, सह सचिव (समावेशी)मा आर के पटेल, र कोषाध्यक्षमा भुषण यादव निर्वाचित भएका छन्।

अन्य सदस्यमा मनोज कुमार पटेल (मधेशी), सुष्मा शर्मा (महिला), संजिव कुमार मिश्र (खुल्ला), प्रणय कुमार साह, पुष्पराज तिमिलिसना, सफल खतिवडा, जियालाल साह, र अमित अग्रवाल निर्वाचित भएको छन् ।

यस्तै, अधिवेशनबाट केन्द्रिय सभासदमा गोविन्द देवकोटा, लाल्वाबू शेष, सत्रुधन नेपाल, धुर्व साह, महेश चन्द्र गौतम, के. सी. लामिछाने, दिपेन्द्र चौहान र महेश दास निर्वाचित भएका छन्।

प्रदेश सभासदमा बृजलाल पासवान, छठु प्रसाद तेली, सुरेश बिडारी, जगत राइ, प्रताप श्रेष्ठ, शशि विचित्र, जितेन्द्र कुमार साह, निरन्जन मिश्र, कन्हैया गुप्ता, प्रकाश कुमार तिवारी, उदय कुमार दास, अजय कुमार यादव, विरेन्द्र साह (हिट्लर), र अमित कुमार साह निर्वाचित भएका छन् ।

Comments (0)
Add Comment