पक्राउ गरिएको लागू औषध गाजा छोडन नमाने पछि सशस्त्र प्रहरी निरीक्षक माथी बलात्कारको आरोप

उमेश दुबे
पर्सा, २ जेष्ठ / पर्साको ठोरी गाउपालिका वडा नम्बर ३ बाट सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बिशेश सुचनाको अधारमा सशस्त्र प्रहरीले लागू औषध गाजा बरामद गरेको हो ।
बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक सिंह वीर मल्लको कमान्डमा खटिएको ७ जनाको टोलिले ठोरी गाउपालिका वडा नम्बर ३ को रामनगर खोलाबाट करीब १५ किलोग्राम लागू औषध गाजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक मल्लको कमान्डमा खटिएको टोलिलाई हेर्न साथ लागू औषध गाजा बोकेका भरिया फरार भएपनी गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो ।
रातिको करीब १० बजेको समयमा बरामद गरेको लागू औषध गाजा नियन्त्रणमा लिए पश्चात् गाजा तस्करको हुलले सशस्त्र प्रहरी माथी आक्रमण समेत गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । गाजा छोडाउनको निम्ति बार्गेनिङ्ग गर्न आएका ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय केही ब्यक्तिको सहयोगमा सशस्त्र प्रहरी माथी आक्रमण हुनुको साथै बलात्कार सम्मको आरोप लगाइएको श्रोतको दाबी रहेको छ । श्रोतले जनाए अनुसार लागू औषध गाजा ओसार पोसार गर्ने सडकमा प्रती दिन सशस्त्र प्रहरीको निगरानी बढे पश्चात् लागू औषध ओसार पोसार गर्ने गिरोहलाइ टाउको दुखाइ बनेको कारण आरोप लगाउन सक्ने बताउनु भयो ।

Comments (0)
Add Comment