डाक्टरहरुको चरम लापरवाहीका कारण भौतारिदै क्यान्सर पिडित

चितवन, ३ फागुन / नेपालको सबै भन्दा पुरानो क्यान्सर अस्पतालको रुपमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कर्मचारी तथा डाक्टरहरुको चरम लापरवाहीले क्यान्सर पिडित भौतारिनु परेको पिडितहरुले आरोप लगाएका छन । भरतपुर क्यान्सर अस्पतालका डाक्टरहरु बिरामीहरुलाई नीजि क्लिनिकमा आउन दवाब दिन थालेपछि क्यान्सर पिडितहरु भौतारिनु परेको आरोप लगाएका हुन ।
मुलुकको बिभिन्न ठाउहरुबाट क्यान्सर पिडित उपचार गराउन भरतपुर क्यान्सर अस्पताल पुग्ने गरेपनि डाक्टरहरुको चरम लापरवाही र दवावका कारण बिरामीहरु अलपत्र मै पर्ने गरेको क्यान्सर पिडितहरु बताउछन । क्यान्सर अस्पतालमा ७ सय स्थायी र ५ सय करार तथा ज्यालादारी कर्मचारीहरु काम गर्ने गर्दछन । तर उपचार गराउन जाने क्यान्सरका बिरामीहरुलाई अस्पतालमा उपचार नगरी आफ्नो निजि क्लिनकमा उपचार गराउन आउन दवाब दिन थालेपछि बिरामीहरु अपलत्र मै बस्न बाध्य हुने गरेको पिडितहरु बताउछन ।
क्यान्सर बिरामीहरुका अनुसार अस्पतालको समयमा डाक्टरहरु अनुपस्थित हुने गरेको र ढिलो आउने गरेपनि उपचारको निम्ति आफ्नो निजि क्लिनिकमा आउने दवाब दिने गरेको बताए । क्यान्सर अस्पतालमा उपचार गराउन जाने बिरामीहरु उपचारको ठाउमा कोठै कोठा भौतारिनु परेको दुखेसो यस अनलाइन माझ राखे । क्यान्सर पिडितले ग्र्रसित रहेका बिरामीहरु डाक्टरहरुको चरम लापरवाहीका कारण थप पिडाको शिकार हुन पुगेको बताउछन ।
एक जना पिडितका अनुसार डाक्टरहरु ओपीडिको समयमा निजि क्लिनिकमा बस्ने गरेको र रेडिएसन गर्ने दिन बिदा मै बस्ने गरेको बताए । क्यान्सर बिरामीलाई रेडिएसन लगाउने ल्याबको मेसिन बिग्रेको भन्दै ल्याबको समयमा पनि डाक्टरहरु निजि क्लिनीकमा बस्ने गरेको पिडित बताउछन । अस्पताल बाहिर कोेठा भाडा गरी उपचार गराउदै आएका पिडितहरु अस्पताल कर्मचारीहरुको चरम लापरवाही हुने गरेको बताउछन । कोठा भाडा देखि लिएर रगत, पिसाब चेकजाचमा समेत डाक्टरहरुको भागबन्डा पुग्ने गरेको आरोप लगाए ।
यस बिषयमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका सहायक प्रबन्ध निर्देशक कृष्ण सागर शर्माले अस्पताल भित्र कार्यरत रहेका डाक्टरहरु समयमै आफ्नो कार्यकक्षमा पुग्ने गरेको बताए । बिपि मेमोरियल अस्पतालको रेडिएसन मेसिन खराब नरहेको बताउदै डाक्टरहरु आफ्नो निजि क्लिनिकमा बोलाएको प्रमाण सहित उजुर आए, कारवाही गरिने शर्माले बताउनु भयो । अस्पतालमा उपचार गराउन आउने बिरामीहरुको समय भन्दा अगाडी उपचार गर्न नपाउने भएपछि बिभिन्न किसिमको आरोप प्र्रत्यारोप लगाउन प्रयास गरेका होलान भन्दै प्रतिकृया दिएका थिए ।

Comments (0)
Add Comment