ठूलो दूर्घटनाबाट बच्यो जेट एयरवेज

गोवा, पुस १२ :भारतको गोवाबाट मुम्बइको लागि उड्न लागेको जेट एयरवेज ठूलो दूर्घटनाबाट जोगिएको छ। जहाजमा १५४ यात्रु र ७ जना चालक दल सदस्यसमेत गरी १६१ जना यात्रारत थिए। गएराति गोवाको दाबोलिम एयरपोर्टको धावन मार्गबाट उड्नै लाग्दा जहाज चिप्लिएको थियो।

द इण्डियन एक्सप्रेसका अनुसार, जहाजमा खासै मानवीय क्षति भएको छैन। दूर्घटनाबाट तत्काल उद्धार गर्ने क्रममा १५ जना यात्रु सामान्य घाइते भएका छन्। उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गरिदैंछ।९ डब्लु २३७४ नम्बरको सो जहाज दूर्घटनापछि मध्यान्ह साढे १२ बजेसम्मको लागि दाबोलिम एयरपोर्ट बन्द गरिएको छ। हवाइ सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेका छन्।
जेट एयरवेजले विज्ञप्ति जारी गर्दै उक्त जहाजमा आकस्मिक रुपमा प्राविधिक समस्या आएकोले दूर्घटना भएको जनाएको छ।

Comments (0)
Add Comment