टर्कीको संसद्द्वारा संविधान संशोधन

अङ्कारा, माघ ९ :टर्कीको संसद्ले संविधानको धारा १८ लाई संशोधन गर्ने प्रस्तावलाई शनिबार पारित गरेको छ। अनाडोलु समाचार संस्थाले जनाएअनुसार, संसद्का कुल मतदातामध्ये ३३९ जनाले संशोधनको पक्षमा र १४२ जनाले विपक्षमा मतदान गरेको जनाएको छ।

संशोधनले राष्ट्रपतिको अधिकारलाई नाटकीय तरिकाले परिवर्तन गरेको छ। उनीहरुले संशोधनमार्फत मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लगेका छन्।

संशोधनका बारेमा झण्डै तीन हप्तासम्म भएको बहसपछि संसद्मा मतदान भएको हो। टर्कीमा संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि संसद्मा रहेका कुल सांसदहरु ५५० मध्ये कम्तीमा पनि तीन तिहाइ अर्थात् ३३० मत आवश्यक पर्दछ।

टर्कीका प्रधानमन्त्री बिनाली यील्डीरिमले संविधान संशोधन प्रस्ताव पारित गरिदिएकोमा सांसदहरुलाई बधाई तथा धन्यवाद दिएका छन्।
उनले जनताप्रति लक्षित गर्दै भने, ‘हामीले हाम्रो काम ग¥यौँ, अब यसको सम्पूर्ण लाभ जनताकामा पुग्नेछ।’
तर प्रमुख प्रतिपक्षी दलका नेता केमल किलिक्डारोग्लुले भने संसदमा गलत खेल भएको आरोप लगाएका छन्। उनले भने, ‘संसद्ले गल्ती गरेको छ, त्यसलाई जनताले उल्ट्याउन सक्दछन्’। सिन्ह्वा

Comments (0)
Add Comment