छपकैया नाकामा तस्करहरुको लस्कर..

पर्सा, ५ माघ / पर्सा जिल्लाको छपकैया र भकुवा नाकामा तस्करहरुको लस्करै लाग्ने गरेको छ । भारतबाट तस्करी गर्न छपकैया र भकुवा नाका सहज भएकै कारण तस्करहरुको लस्करै लाग्ने गरेको हो ।
भारतबाट नेपाल तथा नेपालबाट भारत अवैध तरिकाले मालसमान आयात निर्यात गर्न छपकैयाको भकुवा नाका सहज हुनुको साथै स्थानीय प्रहरी प्रशासन रकममा लिप्त भएकै कारण तस्करी गर्न सहज भएको तस्करहरुले नै बताउछन । उनका अनुसार स्थानीय प्रहरी चौकी छपकैया र बोर्डर आउट पोष्ट श्रीसियाले ग्रिन सिग्नल दिए पश्चात तस्करी गर्न सहज भएको बताए । भरियाहरुको माध्यमले दिनहु ५० लाख भन्दा बढीको कपडा अवैध तरिकाले नेपाल भित्रिने गरेको उनले बताए ।
यस पत्रिकाको सम्वाददाताले स्ट्रिङ अपरेशन गर्ने बेला आफ्नो नाम र तस्वीर सार्वजनिक नगर्ने सर्तमा भरियाले छपकैया र भकुवा नाकाबाट हुने गरेको तस्करी बारे जानकारी दिए । उनले पटक पटक आफ्नो तस्वीर सार्वजनिक नगर्ने आग्रह गर्दै उक्त नाकाबाट दिनहु टाउको कै माध्यमले करोडौको मालसमान आयात तथा निर्यात हुने गरेको बारे जानकारी गराए ।
यता नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा नाकाहरुबाट हुने गरेको तस्करी पूर्ण रुपले बन्द रहेको ठोकुवा गरिरहेकै बेला छपकैया र भकुवा नाकाबाट भइरहेको तस्करी धन्दाले दुवै निकायको इमान्दारीता माथि प्रश्ण चिन्ह खडा भएको छ । यस बिषयमा प्रदेश प्रहरी कार्यालय लगायत सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका द्वय डिआईजीको ध्याना जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment