ग्लोबल हियुमेन राइट्स डिफेन्सद्वारा हावाहुरी पीडितलाई राहत बितरण तथा स्वास्थ परिक्षण

उमेश दुबे
बारा, ३ बैशाख / चैत्र १७ गते आएको बिनाश्कारी हावाहुरी पीडितका लागि ग्लोबल हियुमेन राइटस डिफेन्सद्वारा राहत बितरण तथा स्वास्थ्य परिक्षण गरिएको छ । हावाहुरीबाट प्रभावित रहेका बिद्यार्थी तथा स्थानियहरूलाइ राहत स्वरूप स्वास्थ्य परिक्षण गर्नुको साथै कपि र ब्याग बितरण गरिएको हो ।
१७ गते आएको बिनाश्कारी हावाहुरीले फेटा गाउपालिका वडा नम्बर १ का पीडितलाई राहत स्वरूप स्वास्थ्य परिक्षण गर्नुको साथै ब्याग र कपि दिएको ग्लोबल हियुमेन राइटस डिफेन्सका नेपाल प्रतिनिधि अभिषेक तिवारीले जानकारी दिनुभयो । बिरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीको प्रमुख अतिथिमा राहत समाग्री बितरण कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधि अभिषेक तिवारी, सुरज भट्टराई, सुकोमल भट्टराई, कल्पना साह लगायतका बिशेष उपस्थिति रहेको थियो ।
संस्थाका नेपाल प्रतिनिधि अभिषेक तिवारीले यस अनलाइन सङ कुरा गर्दै हावाहुरीबाट पिडित भएका बिद्यार्थीको लागि कपि, ब्याग र स्वास्थय परिक्षण गराइएको बताउनु भयो । आफ्नो देशको आन, बान, सान रहेको बाल्य बिद्यार्थीको लागि ग्लोबल हियुमेन राइटस डिफेन्सले स्वास्थ्य परिक्षण गराउनुको साथ साथै ५० हजार बराबरको औसधि बितरण गरिएको र खास गरि पिडित बिधार्थीहरूको लागि १०० थान ब्याग, १०० थान कपि बितरण गरिएको बताउनुभयो ।

Comments (0)
Add Comment