गिट्टीको तस्करी बारे पर्दाफास हुदा सशस्त्र प्रहरी निरीक्षक फुयाल माथिल्लो निकायको सेटिङ्गमा ब्यस्त

उमेश दुबे
बारा, १४ बैशाख / केहि दिनदेखी बाराको मुसहर्वा र बलिरामपुरबाट व्यापक रूपमा गिट्टी तस्करी भइरहेको बारे समाचार सम्प्रेषण हुदा सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाललाइ टाउको दुखाइ बनेको छ । बि.ओ.पि बरैनियाका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले एसपीको नामबाट समेत रकम उठाउदै गरेको बाहिर आउन थालेपछी फुयाललाइ टाउको दुखाइ भएको हो ।
बाराको बलिरामपुर निवासी अशोक साह तुरहाले सशस्त्र प्रहरीको टेन्डर लिएका बि.ओ.पि बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाललाइ माथिल्लो निकायमा नजराना बुझाउनको निम्ति लाखौ रूपैया दिए पश्चात् तस्करी गर्न लागेको श्रोतको दाबी रहेको छ । बि.ओ.पि बरैनियाका सशस्त्र प्रहरी निरीक्षक फुयाल माथिल्लो निकायमा नजराना बुझाउनको निम्ति लाखौ रूपैया लिएपनी आफू प्रती ट्रयाक्टरको दरले लिने गरेको श्रोतको दाबी रहेको छ । प्रती दिन २५ देखि ३० ट्रयाक्टर गिट्टी भारततर्फ जाने गरेकोले टिपको हिसावले लाखौ आम्दानी हुनाले टिपको हिसाबमा पैसा लिने गरेको प्रहरी श्रोतको दाबी रहेको छ ।
सशस्त्र प्रहरी निरीक्षक फुयालले टिपको पैसा उठाउनको निम्ति एक जना सशस्त्र प्रहरी सहायक हवलदारलाइ खटाइएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार सशस्त्र प्रहरी सहायक हवलदार गुरूराज भट्टराईलाई टिपको पैसा उठाउनका लागि घुमुवामा परिचालन गरिएको श्रोतले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक फुयालको आदेशमा खटिएको घुमुवा भट्टराईको कार्य चाहिँ मात्र पैसा कलेक्सन रहेको बुझिन्छ । मुसहर्वा हुँदै दिनहु करोडौको कपडा अबैध तरिकाले नेपाल भित्रिने र गिट्टी भारत जाने बताइएको छ । यो सबै तस्करी कार्य गर्ने स्थानिय अशोक साह तुरहाले जिम्मा लिएका छन । माथिल्लो निकायको समेत जिम्मा लिएर रकम उठाउने सशस्त्र प्रहरी निरीक्षक माथी कारवाही हुने हो कि हेर्न बाकी नै छ । तसर्थ काठमान्डौ बसेर इमान्दारिताको मिसाल बताउनेहरूको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment