एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद

पर्सा, ८ असार / धनुषा जिल्लाको कमला नगरपालिका ९ दुवरकोटबाट असार ६ गते एपीएफ टोलीले एउटा कटुवा पेस्तोल र एउटा खुर्पा जस्तो देखिने धारिलो बस्तु बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोलीले उक्त कटुवा पेस्तोल र धारिलो बस्तु फेला पारेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथ ज. २ प ४६९ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले उक्त मोटरसाइकल र एउटा झोला सोही ठाउँमा छाडी भागेपछि सो झोला जाँच गर्दा उक्त हतियार फेला परेको हो । एपीएफ टोलीले त्यसवेला सो मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद हतियार तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पटेर्वा कमलाधार भन्ने स्थानबाट असार ६ गते एपएिफ टोलीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देखेर पुनः भारततर्फ भाग्ने क्रममा निज व्यक्तिहरुले सो पेस्तोल कमलाधार नदीतर्फ फ्याँकी फरार भएपछि उक्त पेस्तोल बरामद गरिएको हो । एपीएफ टोलीले बरामद पेस्तोल स्थानीय प्रहरीमा बुझाएको छ ।

Comments (0)
Add Comment